5 years ago
August 20, 2020
एजेन्सी – जर्मन च्याम्पियन बायर्न म्युनिखले यूईएफए च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलमा लियोनविरुद्ध पहिलो हाफमा २-० को अग्रता लिएको छ ।

खेलमा लियोनले उत्कृष्ट सुरुवात गर्दै बायर्नलाई दबाबमा राखेपनि अवसर सदुपयोग गर्न सकेन । कप्तान मेम्फिस डिपाए र तोको एकाम्बीले पेनाल्टी क्षेत्रभित्र पाएको अवसरलाई गोलमा परिणत गर्न नसक्दा बायर्नले खेलमा पकड जमाउने अवसर पायो । बायर्नले पहिलो अवसरमा नै सर्ज जिनाब्रीको गोलमा अग्रता लिएपछि दबाब कायम गर्यो ।
खेलको चौथो मिनेटमा नै लियोनले अग्रता लिने सुवर्ण अवसर गुमायो । म्याक्सेन्स काकरेटको थ्रु पासमा अफसाइड ट्रयाप बिट गरेर बलसहित अगाडि बढेका लियोनका कप्तान मेम्फिस डिपाएले बललाई पोस्टको दिशा दिन सकेनन् । नोएर अगाडि बढेपनि डिपाएले बललाई पेनाल्टी क्षेत्र नजिकसम्म पुर्याएर बाहिर प्रहार गरेका थिए ।
१२ औं मिनेटमा लिओन गोरेट्जकाले पेनाल्टी क्षेत्रबाहिर लेवान्डोस्कीसँग उत्कृष्ट वन टु पास खेल्दै बनाएको मुभमा गोरेट्जकाको अन्तिम प्रहारलाई गोलरक्षक लोपेसले बचाए । लगत्तै अर्कोतर्फ डिपाएको प्रहारले पोस्टको दिशा लिन सकेन । खेलको १७ औं मिनेटमा लियोनको अग्रता लिने अवसरमा पोस्ट बाधक बन्यो । तोको एकाम्बीले पेनाल्टी क्षेत्र भित्रबाट गरेको शक्तिशाली प्रहारले गोलरक्षक म्यानुएल नोएरसमेत बिट भएपनि पोस्टमा लाग्दै बल फर्कियो ।
त्यसै पोस्टमा लागेर फर्केको बलबाट बनेको मुभमा बायर्नले अग्रता लियो । सर्ज जिनाब्रीले दायाँ भागमा बल नियन्त्रणमा लिँदै लियोनका ५ खेलाडीलाई बिट गर्दै गरेको शक्तिशाली प्रहार गोलमा परिणत भयो । जिनाब्रीले पेनाल्टी क्षेत्रबाहिर बीच भागसम्म एक्लै बल ल्याउँदा लियोनका डिफेन्डरले बाधा दिन सकेनन् ।

२५ औं मिनेटमा जिनाब्रीले पेनाल्टी क्षेत्रको ठिक भित्रबाट गरेको शक्तिशाली प्रहारलाई गोलरक्षक एन्थोनी लोपेसले विफल पारे । ३० औं मिनेटमा लेवान्डोस्की र इभान पेरिसिचले वन टु पास खेल्दै सिर्जना गरेको अवसरमा गोलरक्षक लोपेस बाधक बने । लेवान्डोस्कीको अन्तिम प्रहारलाई लोपेसले अगाडि बढेर छेकेका थिए ।
जिनाब्रीले ३३ औं मिनेटमा गोल गर्दै बायर्नको अग्रता दोब्बर पारे । पेरिसिचको क्रसमा लेवान्डोस्कीको प्रहारलाई गोलरक्षक लोपेसले विफल पारेपनि जिनाब्रीले रिबाउन्डलाई ६ यार्ड बक्स भित्रबाट गोल गरेका थिए । ३८ औं मिनेटमा जिनाब्रीकै क्रसमा गोलरक्षक लोपेस बिट भएपनि लेवान्डोस्कीले बलसम्म पुग्न नसक्दा अग्रता बढाउन सकेनन् ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]