5 years ago
August 20, 2020
एजेन्सी – यूईएफए च्याम्पियन्स लिगको फाइनलमा जर्मन च्याम्पियन बायर्न म्युनिख र फ्रान्सेली च्याम्पियन्स पेरिस सेन्ट जर्मेन (पीएसजी) भिड्ने भएका छन् ।

बायर्नले बुधबार भएको दोस्रो सेमिफाइनलमा लियोनलाई ३-० ले पराजित गरेसँगै उपाधि भिडन्तमा स्थान बनाएको हो । बायर्नको जितमा सर्ज जिनाब्रीले २ तथा रोबर्ट लेवान्डोस्कीले १ गोल गरे । पहिलो हाफमा नै बायर्नले जिनाब्रीको दुई गोलको मदतले आरामदायी अग्रता बनाएको थियो । लेवान्डोस्कीले जारि सिजन प्रतियोगितामा १५ औं गोल गरेपछि जित सुनिश्चित भएको थियो ।
यता पीएसजीले पनि मंगलबार आरबी लाइप्जिगलाई ३-० कै अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । पीएसजीका लागि मार्किन्हस, एन्जल डी मारिया र जुआन बर्नाटले गोल गरे । लाइप्जिगविरुद्ध खेलको सुरुवाती समयदेखि नै पीएसजीले दबाब कायम गरेको थियो । डी मारियाले १ गोलसँगै २ असिस्ट दिएपछि पीएसजीको पहिलो फाइनल यात्रा सम्भव भएको थियो ।

जारी सिजन पीएसजी र बायर्न दुवै टोलीले आक्रामक फुटबल खेल्दै घरेलु लिग र कपमा जित हासिल गरेका थिए । दुवै टोली च्याम्पियन्स लिग उपाधिसहित सुखद अन्त्य गर्ने सुरमा हुनेछन् । बायर्नले यस सिजन ४४ खेल खेल्दै १ सय ४२ गोल गरेको छ । पीएसजीले ३७ खेलमा १ सय २ गोल गर्यो । फ्रान्सेली लिग बिचमै रद्द हुँदा पीएसजीले लिगको सबै खेल खेल्न पाएन ।
पीएसजीका लागि युवा फरवार्ड एमबाप्पेले २३ गोल गर्दा नेयमारले १९ गोल गर्न सफल रहे । तर बायर्नका मुख्य फरवार्ड रोबर्ट लेवान्डोस्कीले यी दुईको गोल जोडेभन्दा बढी ४९ गोल गरेका छन् । उनले च्याम्पियन्स लिगमा मात्र १५ गोल गरिसकेका छन् र फाइनलमा त्यसलाई निरन्तरता दिने सुरमा हुनेछन् ।

बायर्न र पीएसजीले हालसम्म च्याम्पियन्स लिगको समूह चरणमा मात्र भिडेका छन् । हालसम्मको नतिजा अनुसार पीएसजीले ५ पटक जित हासिल गर्दा १३ गोल गरेको छ । यता तीनपटक मात्र जितेको बायर्नले १२ गोल गरेको छ ।
पीएसजीका जर्मन प्रशिक्षक थोमस टुचेलले दोस्रो सिजनमा नै टोलीलाई फाइनलसम्म पुर्याउन सफल भए । पीएसजीले यस सिजन ४ उपाधि जितिसकेको छ र अब पाँचौ उपाधिको रुपमा च्याम्पियन्स लिग जित्दै इतिहास रच्न चाहन्छ । सिजनको सुरुवातमा फ्रान्सेली सुपर कप जितेको पीएसजीले फ्रान्सेली लिगसँगै फ्रेन्च कप र फ्रेन्च लिग कप जित्न सफल रहेको थियो ।
अर्कोतर्फ बायर्नले कार्यवाहक प्रशिक्षकका रुपमा हान्सी फ्लिकलाई सिजनको बिचमा जिम्मेवारी दिएको थियो । निको कोभाचले अपेक्षित प्रदर्शन गर्न नसकेपछि बर्खास्त गरेर फ्लिक आएका थिए । उनले लिग र जर्मन कप उपाधि पनि जिताए ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]