5 years ago
August 20, 2020
एजेन्सी – बार्सिलोनाका युवा मिडफिल्डर अन्सु फाती स्पेनको सिनियर राष्ट्रिय फुटबल टोलीमा समावेश भएका छन् । प्रशिक्षक लुइस एन्रिकेले यूईएफए नेसन्स लिग अन्तर्गत खेलका लागि घोषणा गरेको टोलीमा ८ नयाँ खेलाडी समावेश गरिएका छन् ।

यसअघि स्पेनको यू-२१ टोलीबाट खेलेका फाती पहिल पटक सिनियर टोलीमा समावेश भएका हुन् । १७ वर्षीय फातीले गत सिजन मात्र बार्सिलोनाको सिनियर टोलीमा अवसर पाएका थिए । उनले पहिलो सिजनमा नै ३३ खेल खेल्दै ८ गोल गरिसकेका छन् । बार्सिलोनाबाट मिडफिल्डर सर्जियो बुस्केट्स पनि टोलीमा परेका छन् ।
एन्रिकेले जर्मनी र युक्रेनविरुद्ध हुने खेलका लागि २३ खेलाडी नामकरण गर्दा ८ जना नयाँ खेलाडीलाई अवसर दिएका छन् । अवसर पाउनेमा केहि साताअघि मात्र म्यानचेस्टर सिटी पुगेका मिडफिल्डर फेरान टोरेस पनि छन् । टोरेस भ्यालेन्सियामा राम्रो प्रदर्शन गरेपछि बोर्ड र कप्तानसँग राम्रो सम्बन्ध बनाउन नसक्दा सिटी पुगेका हुन् ।
यस्तै वल्भ्सका विंगर अडामा ट्राओरे, म्यानचेस्टर सिटीकै एरिक गार्सिया र रियल म्याड्रिडबाट लोनमा सेभिल्ला पुगेका डिफेन्डर सर्जियो रेगुइलोन छन् । ओस्कार रोड्रीग्वेज, मिकेल मेरिनो र उनाई सिमोन पनि पहिलो पटक टोलीमा समावेश भएका छन् ।

स्पेनले सेप्टेम्बर ३ तारिखमा स्टुटगार्टमा जर्मनीको सामना गर्नेछ । यस्तै सेप्टेम्बर ६ मा टोलीले अल्फ्रेडो डे स्टेफानो मैदानमा युक्रेनको सामना गर्नेछ । दुवै खेल यूईएफए नेसन्स लिगको खेलहरु हुन् ।
विगतमा रियल म्याड्रिड र बार्सिलोनाका खेलाडीको वर्चस्व रहने स्पेनिस टोलीमा यसपटक बार्सिलोनाबाट २ र रियल म्याड्रिडका ३ खेलाडी मात्र टोलीमा रहेका छन् । प्रिमियर लिग खेल्ने टोलीका खेलाडी पनि ६ जना टोलीमा रहेका छन् ।
पूर्ण टोली :
गोलरक्षक : डेविड डे हेया, केपा आरिजाबलागा, उनाइ सिमोन
डिफेन्डर : जेसस नाभास, सर्जियो रामोस, ड्यानी कार्भाजल, पाउ टोरेस, डिएगो लोरेन्टे, जोसे गाया, सर्जियो रेगुइलोन, एरिक गार्सिया
मिडफिल्डर : फाबियन रुइज, थियागो अलाकान्टरा, सर्जियो बुस्केट्स, रोड्री, मिकेल मेरिनो, ड्यानी ओल्मो, ओस्कार रोड्रीग्वेज
फरवार्ड : रोड्रीगो, ओयाराज्बाल, अडामा ट्राओरे, मार्को एसेन्सियो, अन्सु फाती, फेरान टोरेस
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]