5 years ago
August 20, 2020
एजेन्सी – इंग्लिस प्रिमियर लिगको नयाँ सिजन २०२०–२१ को खेल तालिका सार्वजनिक भएको छ । प्रिमियर लिगको नयाँ सिजन १२ सेप्टेम्वरबाट शुरु भएर २३ मे २०२१ मा सकिनेछ ।

बिहीबर सार्वजनिक भएको खेल तालिका अनुसार च्याम्पियन लिभरपुलले घरेलु मैदानमा नव प्रवेशी लिड्स युनाइटेडलाई पहिलो प्रतिद्वन्द्वी पाएको छ । लिड्स च्याम्पियनसिपको च्याम्पियन बन्दै १६ वर्षपछि शीर्ष डिभिजनमा फर्किएको हो ।
नयाँ सिजनको खेल तालिका अनुसार पहिलो दिन विभिन्न ६ खेलमा प्रतिस्पर्धा हुनेछ । पहिलो दिन आर्सनलले फुलहमसँग खेल्नेछ । लेष्टर सिटी र वेस्ट ब्रुम, टोटेनहम र एभर्टन, साउथह्याम्पटन र क्रिस्टल प्यालेस तथा वेस्टह्याम र न्युकासल युनाइटेडबीच पहिलो दिन प्रतिस्पर्धा हुनेछ ।
दोस्रो दिन लन्डन क्लब चेल्सीले १४ सेप्टेम्बरमा ब्राइटनसँग तथा सेफिल्ड र वल्भ्सबीच प्रतिस्पधा हुनेछ । यो सिजन दोस्रो स्थानमा लिग सकाएको म्यानचेस्टर सिटीले एस्टन भिल्लासँग खेल्दै प्रिमियर लिगको शुरुवात गर्दा म्यानचेस्टर युनाइटेडले बर्नलीसँग पहिलो खेल स्थगित गरिएको छ ।

December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]