default_image

5 years ago

August 20, 2020

हाजार्डसँग रियलको अपेक्षा

162 views

0 Bookmark

एजेन्सी– स्पेनको ला लिगामा इडेन हाजार्डको पहिलो सिजनको अन्त्य भएको छ । तर ला लिगा च्याम्पियन रियल म्याड्रिडमा उनको डेब्यु सिजन सोचेअनुरुप सफल भने हुन सकेन ।

च्याम्पियन्स लिगबाट बाहिरिएपछि बेल्जियन फरवार्डको आलोचना झनै बढी भएको थियो । क्रिस्टियानो रोनाल्डोको बर्हिगमन पछि रियलले हाजार्डलाई १ सय मिलियन युरोमा भित्राएको थियो । चेल्सीमा उनको अन्तिम बर्ष बाँकी रहँदा रियलसँग उनीसँग सम्झौता गरेको थियो ।

तर, सिजनको अन्त्यमा फर्केर हेर्दा हाजार्डको प्रदर्शन बिर्सनलायक रह्यो । हाजार्डले सिजन भर १ गोल गर्नुका साथै ७ एसिस्ट गरेका थिए । जबकी अघिल्लो सिजन चेल्सीमा उनले २१ गोल गर्दै १७ एसिस्ट गरेका थिए ।

रियलमा पहिलो सिजन उनले सोचे अनुरुपको प्रदर्शन गर्न नसक्नुको मुख्य कारण भने चोट रह्यो । उनले सिजनको धेरै समय वैकल्पिक खेलाडीका रुपमा मात्र खेल्ने अवस्था रहयो । सिजनको सुरुवातबाट उनले सोचे अनुरुप खेल्न सकेनन् । क्लबमा आबद्ध भएको केहि समयमै उनको मासंपेशीमा समस्या आएको थियो ।

प्रशिक्षक जिनेदिन जिदानले उनलाई क्लबको चौथो खेलमा मौका दिएका थिए । जिदानले मार्सेलो, करिम बेन्जेमा र टोनी क्रुसका साथ हार्जाडलाई लेफ्टतर्फ मौका दिएका थिए । तर नोभेम्बर २६ मा पेरिस सेन्ट जर्मेन (पिएसजी)सँगका खेलमा उनलाई चोट लागेको थियो ।

उनी पूर्ण रुपमा फिट नहुनुमा क्लबकै मेडिकल टिम पनि उत्तिकै जिम्मेवार छ । उपचारका क्रममा हाजार्डको पुरानो चोट बल्झने डरले केहि सावधानी अपनाएर उपचार गरिएकोले उनी चाडै ठीक हुन नसकेको बताइन्छ । ६७ दिनपछि फेब्रुअरी २२ मा लेभान्तेविरुद्ध खेल्दा हाजार्ड पुनः घाइते भएका थिए ।

कोभिड १९ का कारण फुटबल गतिविधि ठप्प हुँदा उनका लागि भने ठिक हुने एउटा अवसर बनेको थियो । तर, म्यानचेस्टर सिटीविरुद्ध खेल्दा उनको फिटनेसमा समस्या देखियो । हाजार्डले पहिलो सिजन रियलका लागि जम्ममा २२ खेल । तर, उनीबाट क्लबले आउने सिजन राम्रो प्रदर्शनको अपेक्षा गरेको छ ।

पूर्ण रुपमा फिट हुँदाको अवस्थामा उनी विश्वकका शीर्ष ५ खेलाडीमा पर्छन् । २९ वर्षका उनको क्लबसँगको सम्झौता २०२४ सम्मको छ । त्यस्तो अवस्थामा आफुलाई प्रमाणित गर्ने हाजार्डसँग पर्याप्त समय छ ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.