5 years ago
August 21, 2020
एजेन्सी – यूईएफए युरोपा लिगको उपाधिका लागि आज राति स्पेनिस क्लब सेभिल्ला र इटालियन क्लब इन्टर मिलानबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समयअनुसार राति १२ः४५ बजेपछि हुनेछ ।

जर्मनीको कोल्नमा हुने खेलमा युरोपियन प्रतियोगितामा सेभिल्ला र इन्टर पहिलोपटक भिड्न लागेका हुन् । युरोपा लिगको सर्वाधिक सफल र पछिल्लो सिजन उच्च प्रदर्शन गरिरहेको यि दुई टोलीबीचको खेल निकै प्रतिस्पर्धात्मक र रोमान्चक हुने अनुमान गरिएको छ ।
सेभिल्ला यस प्रतियोगितामा सर्वाधिक पाँच पटकको च्याम्पियन हो । सेभिल्लाले पछिल्लोपटक २०१४, २०१५ र २०१६ मा लगतार च्याम्पियन बन्दै उपाधिमा ह्याट्रिक गरेको थियो । सेभिल्ला इन्टरलाई हराउँदै अर्काे उपाधि थप्ने योजनामा हुनेछ ।
सेभिल्लाका लागि लुकास ओकम्पास नै मुख्य हतियार हुनेछन् । उनलाई युसेफ इन न्यास्री, सुसो, इभर बनेगा, फर्नान्डो, सर्जियो गिुइलोन, डिएगो कार्लाेस र जेसस नाभासजस्ता खेलाडीको साथ रहनेछ । सेभिल्लाले सेमिफाइनलमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडलाई २–१ ले हराएर फाइनलमा स्थान बनाएको थियो ।

यता, इन्टर मिलान १० वर्षपछि युरोपियन फुटबलको फाइनलमा प्रवेश गर्दा २२ वर्षपछि युरोपा लिगको फाइनलमा प्रवेश गरेको हो । १९९८ को च्याम्पियन इन्टरले २०१० को च्याम्पियन्स लिग जितेको थियो । त्यसयता इन्टर उपाधिविहीन छ । त्यसैले इन्टर यसपटक सेभिल्लालाई हराएर लामो समयको उपाधिको खडेरी अन्त्य गर्न चहान्छ ।
तीन पटकको च्याम्पियन इन्टर सेभिल्लाविरुद्ध सतर्क भएर खेल्नेछ । यस सिजन क्लबका लागि ३३ गोल गरिसकेका फरवार्ड रोमेरो लुकाकु इन्टरको मुख्य हतियार हुनेछन् । उनलाई लोउटारो मार्टिनेजले साथ दिनेछन् । तर, चोटको कारण अर्का फरवार्ड एलेक्सिस सान्चेजले खेल्ने सम्भावना न्युन छ । यो खेललाई दुई अर्जेन्टिनी लुकास ओकम्पास र मार्टिनेजबीचको खेल भनेर पनि भनेका छन् ।
सेभिल्लाका मुख्य प्रशिक्षक जुलेन लोपेटेगुइले इन्टर बलियो टोली भएकाले सचेत भएर खेल्ने बताएका छन् । उनले ठुला टिमविरुद्धको खेल फरक हुने समेत बताएका छन् । ठुलो टिम भएको र अघिल्ला खेल भन्दा फरक हुने बताउँछन् ।

इन्टर मिलानका प्रशिक्षक एन्टेनियो कोन्टेले सेभिल्लाविरुद्धको खेल कठिन हुने बताएका छन् । ‘यो कठिन खेल हुनेछ । हामी धेरै उपाधि जितेको अनुभवी टिमसँग खेल्दैछौं,’ कोन्टेले भने, ‘हामी सतर्क हुनुपर्दछ । उत्साह र साहसका साथ आफ्नै खेल खेल्नेछौं ।’
इन्टर मिलानले सेमिफाइनलमा युक्रेनी क्लब साख्तर डोनेस्कलाई ५–० ले हराएको थियो । त्यसअघि क्वाटरफाइनलमा जर्मन क्लब बायर लेभरकुसेनको चुनौती पन्छाएको थियो ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]