9 years ago
August 27, 2016
काठमाडौं (हाम्रो खेलकुद) – न्युरोड टिम (एनआरटी) सहिद स्मारक बी डिभिजन लिगको शीर्षस्थानमा उक्लेको छ । हलचोकस्थित एपिएफको मैदानमा शनिबार छिमेकी डिभाइन ब्वाइज युनियन क्लबलाई २–१ ले हराउँदै त्रिपुरेश्वरको एनआरटी अंक तालिकामा माथि उक्लेको हो । अर्को खेलमा रानीपोखरी कर्नर टिम (आरसिटी) र मध्यपुर युथ एसोसिएनले गोलरहित बराबरी खेलेका थिए ।

अघिल्लो खेलमा मध्यपुरसँग १ –१ को बराबरी खेलेको एनआरटीले ३ खेलमा ७ अंक जोडेको छ । प्रविण सैजुले १६ औं मिनेटमा एनआरटीका लागि पहिलो गोल गरे भने विश्वजित गुरुङले ६७ औं मिनेटमा अर्को गोल थपे । खेल सकिन एक मिनेट बाँकी रहँदा ब्वाइज युनियका लागि विनोद लामाले गोल फर्कायो ।
दोस्रो खेलमा गोलरहित बराबरी खेल्दै अंक बाडेका छन् । आरसिटीको पनि ७ अंक भएपनि गोलअन्तरका आधारमा दोस्रो स्थानमा छ । दुई खेलमा बराबरी गरेको मध्यपुरको ५ अंक छ र टोली तेस्रो स्थानमा छ । तीन खेलमा ब्वाइज युनियनको ३ अंक छ ।
December 7, 2025
एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्यो। मियामीका गोलरक्षक रोको रिओस […]
December 6, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल गरेका थिए। ६५ […]
December 6, 2025
एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ। भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]