default_image

5 years ago

August 21, 2020

मेस्सीलाई लिन सक्ने यस्ता छन् ३ क्लब

234 views

0 Bookmark

एजेन्सी – सुपरस्टार लियोन मेस्सीले बार्सिलोना छाड्ने विषयमा चर्चा चुलिएको छ । यदि उनले बार्सिलोना छाडेको खण्डमा जान सक्ने युरोपका ३ क्लबका विषयमा फेरि चर्चा सुरु भएको छ ।

च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा बार्सिलोनाले बायर्न म्युनिखसँग ८–२ लज्जास्पद हार बेहोरेपछि मेस्सीले क्लब छाड्न सक्ने सम्भावनाका बारेमा अड्कलबाजी हुन थालेको हो । यद्दपी उनको सम्झौता सन् २०२१ को जुन सम्म रहेको छ ।

यदि मेस्सीले क्लब छाड्ने भए भने अध्यक्ष जोसेप मारिया बोर्टेमोउले मुल्य घटाउन सक्नेछन् । जसरी २०१८ मा रियल म्याड्रिडका अध्यक्ष फेलोरिन्टिनो पेरेजले क्रिस्टियानो रोनाल्डोको मुल्य घटाएका थिए ।

मेस्सीको रिलिज क्लज ७ सय मिलियन युरो रहेको छ । बार्सिलोनामा नै आफ्नो व्यवसायिक खेल जीवन अघि बढाएका मेस्सीले क्लब छाड्न चाहँदा उनलाई भित्राउन चाहने मुख्यत तीन क्लब रहेका छन् ।

इन्टर मिलान

इटालियन क्लब पहिलाबाट नै अर्जेन्टिनी सुपर स्टारलाई लिन चाहिरहेको थियो । यदि मेस्सी आउनका लागि तयार भए भने इन्टरले २ सय ६० मिलियन युरो सम्म खर्च गर्न तयार रहेको बताइएको छ ।
क्लब छाड्ने चर्चा चलिरहेका बेला मेस्सी र क्लबका नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानबीच भेट भएको थियो । भेटमा पनि मेस्सीले बार्सिलोनामा भविष्यमा पनि रहने विषयमा अहिले बताउन नसक्ने उल्लेख गरिएको छ ।

यदि उनी इटाली पुगे भने फेरि एक पटक युभेन्ट्सका रोनाल्डोसँगको रोमाञ्चक प्रतिस्पर्धा हेर्न पाइनेछ । विगतमा एल क्लासिको जस्तो इटालियन डर्बी पनि रोमाञ्चक हुने अपेक्षा हुनेछ ।

मेस्सीका पिताले मिलानको पोर्टो नुउभामा घर किनिसकेका छन् । त्यसबाट पनि मेस्सी इटाली जाने सम्भावना रहेको बताइएको छ ।

म्यानचेस्टर सिटी

सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाकै कारण मेस्सी त्यहाँ जान सक्ने सम्भावना रहेको छ । मेस्सी र ग्वार्डिओलाबीच बार्सिलोनामा रहँदा राम्रो सम्बन्ध रहेको थियो । त्यति बेला बार्सिलोनाले निकै सफलता प्राप्त गरेको थियो ।

मेस्सीलाई लिन सक्ने बलियो आर्थिक अवस्था भएको क्लब मध्ये सिटी पनि एक हो । च्याम्पियन्स लिगको खराब प्रदर्शनबाट मेस्सी झन बढी दिक्क भएको र क्लब छाड्न चाहेको बताइएको छ । मेस्सीका मिल्ने साथी सर्जियो अगुएरो पनि त्यहि रहेकाले उनी जान सक्ने अर्को कारण हो ।

पेरिस सेन्ट जर्मेन (पिएसजी)

मेस्सीलाई लिन सक्ने अर्को क्लबमध्ये पिएसजी पनि हो । फ्रेन्च लिग जितिसकेको पिएसजी यो सिजन च्याम्पियन्स लिगको फाइनलमा पुगिसकेको छ । नेयमार, केलियन एमबाप्पले जस्ता स्टारहरु पिएसजीमा रहेकाले मेस्सी जाँदा टोली झन् बलियो हुन सक्नेछ ।

बार्सिलोनामा नेयमार रहँदा उनीहरुबीच राम्रो साझेदारी हुने गरेको थियो । नेयमारले २०१७ मा बार्सिलोना छाडेदेखि नै मेस्सीलाई उनलाई पुनः फर्काउनु पर्छ भन्ने पक्षमा थिए । नेयमारलाई क्लबमा पुनः फर्काउन नसक्दा त्यसमा पनि मेस्सी निराश थिए ।

यो पनि : ‘नेयमार बार्सिलोना हैन, मेस्सी र रोनाल्डो पीएसजी जान सहज’

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.