default_image

5 years ago

August 22, 2020

सेभिल्लालाई युरोपा लिग उपाधि

169 views

0 Bookmark

एजेन्सी – स्पेनिस क्लब सेभिल्लाले कीर्तिमानी छैटौं पटक युरोप लिग उपाधि जितेको छ । शुक्रबार जर्मनीको कोल्नमा भएको फाइनलमा सेभिल्लाले इन्टर मिलानलाई ३-२ ले पराजित गर्दै उपाधि जितेको हो ।

निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा नै दुवै टोलीले अग्रता लिएका थिए । खेलको पाँचौं मिनेटमा नै इन्टरले रोमेलु लुकाकुको पेनाल्टी गोलमा अग्रता लिएको थियो । डिएगो कार्लोसले लुकाकुलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । सेभिल्लाले १२ औं मिनेटमा नै लुक डे जोङको गोलमा खेल बराबरी गर्यो । उनले जेसस नाभासको क्रसमा हेडरमार्फत गोल गरेका थिए ।

३३ औं मिनेटमा सेभिल्लाले डे जोङकै हेडर गोलमा अग्रता बनायो । एभर बनेगाको फ्रिकिक प्रहारमा डे जोङले व्यक्तिगत दोस्रो गोल गर्दै सेभिल्लालाई अगाडि लागेका थिए । तर त्यसको २ मिनेटमा नै इन्टर खेलमा फर्कियो । मार्सेलो ब्रोजोभिचको फ्रिकिकमा डिएगो गोडीनले हेडर गोल गर्दै खेल बराबरीमा ल्याए ।

दोस्रो हाफमा दुवै टोलीले अग्रता लिने प्रयास गरेपनि सेभिल्ला महत्त्वपूर्ण अग्रता बनाउन सफल रहयो । ७४ औं मिनेटमा डिएगो कार्लोसले ओभरहेड किकमा गोल गर्दै उपाधितर्फ अग्रसर गराए । कार्लोसको प्रहार लुकाकुको खुट्टामा डिफ्लेक्ट हुँदै गोलमा परिणत भएको थियो ।

सेभिल्लाले छैटौं पटक फाइनल पुग्दा हरेक चोटी उपाधि जितेको छ । सन् २००६ र २००७ मा यूईएफए कप रहँदा उपाधि जितेको सेभिल्लाले सन् २०१४ देखि १६ सम्म लगातार तीन पटक जितेको थियो । कप्तान जेसस नाभास भने यूईएफए कप र युरोपा लिग दुवै जित्ने सेभिल्लाका एक्ला खेलाडी बने । उनले सन् २००६ र २००७ मा पनि उपाधि जितेका थिए ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.