default_image

5 years ago

September 4, 2020

मेस्सीले बार्सिलोनामै रहने बताउँदै खोले सबै रहस्य

264 views

0 Bookmark

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका कप्तान लिओनेल मेस्सीले अन्तत: आफू सिजनको अन्त्यसम्म सोही क्लबमा रहने घोषणा गरेका छन् ।

प्रतिष्ठित संचारमाध्यम गोलसँग पछिल्लो केहि दिनको अवस्थाबारे बोल्दै मेस्सीले आफू परिवारको आग्रहको कारण नै निर्णय बदल्न बाध्य भएको बताएका छन् । उनले कानुनी उपचारमा जाने विकल्प रहेपनि आफू हुर्किएको क्लबविरुद्ध अदालतको ढोकामा नपुग्ने प्रष्ट पारेका छन् ।

दुई दशकयता बार्सिलोनामा रहेका ३३ वर्षीय मेस्सीले निर्णय लिँदै दिएको अभिव्यक्ति यस्तो छ :

‘जब मैले बार्सिलोना छोड्ने विषयमा पत्नी र छोरालाई भने, मैले सोच्दै नसोचेको अवस्था सिर्जना भयो । सबैजना रुन थाले र बार्सिलोना नछाड्ने जिद्दी कसे । उनीहरु सहर मात्र होइन आफ्नो स्कुल पनि परिवर्तन गर्ने पक्षमा थिएनन् ।

मैले भने अहिलेको अवस्था भन्दापनि दिर्घकालिन सोचका साथ यो निर्णय लिन खोजेको थिएँ । म अझै केहि वर्ष उच्च स्तरमा खेलेर उपाधि जित्न चाहन्छु । विशेषगरि च्याम्पियन्स लिग उपाधि जित्न चाहन्छु । खेलमा हार वा जित त हुन्छ नै, तर प्रतिस्पर्धा गर्नु उत्तिकै जुरुरी छ ।

‘हामी कमसेकम प्रतिस्पर्धामा उत्रनु जुरुरी छ । हामी रोम, लिभरपुल र लिस्बनमा जस्तो तित्तर बित्तर हुनु हुँदैन । यो सबले पनि मलाई सोच्न बाध्य बनायो र निकै कठिन निर्णय लिन पुगें ।

मैले सोचेको थिएँ की मेरो सम्झौता अनुसार म फ्री ट्रान्सफरमा छोड्न पाउने छु । क्लबका अध्यक्षले पनि सधैं आफ्नो निर्णय सिजनको अन्त्यमा लिने समय छ र बस्न चाहने नचाहने त्यसैबेला निर्णय गर्ने सुझाव दिएका थिए ।

अहिले आएर क्लबले मैले आफ्नो निर्णय जुन १० अगाडि दिएको थिइनँ भन्ने अडान लिएको छ । मैले जुन १० मा लिगमा प्रतिस्पर्धा गरिरहेको बेलामा कसरी निर्णय लिन सक्थें र ? कोरोनाभाइरसका कारण सिजन यसै पछि सरेको थियो ।

म अब यो सिजन क्लबमा नै रहनेछु । मैले क्लबमा बस्नुको एकमात्र कारण भनेको अध्यक्षले मलाई ७ सय मिलियन युरोको रिलिज क्लज नतिरी जान नदिने अडानका कारण हो । कुनै पनि क्लबले ७ सय मिलियन युरो तिर्न असम्भव छ ।

मैले चाहेको भए मुद्दा लड्ने विकल्प पनि थियो । तर म कहिले पनि बार्सिलोनालाई अदालतसम्म लिएर जान सक्दिन । यो क्लबको मलाई माया लाग्छ र यहाँ मैले जीवनमा सबैथोक पाएको छु । यो क्लब मेरो जिन्दगी हो र मैले मेरो जीवन यहीं बनाएको छु ।

बार्सिलोनाले मलाई र मैले पनि क्लबलाई सबैथोक दिएको छु । मैले कहिले पनि क्लबलाई अदालतसम्म लग्छु भनेर सोचेको छैन ।

मेरो छोरा माटिओ सानो छ र अहिले कतै अन्य ठाउँ गरेर बसाईं सार्ने तथा नयाँ जिन्दगी सुरुवात गर्ने भन्ने बुझ्न सकेको छैन । थियागो अलि ठूलो भएकाले केहि बुझ्छ । उसले टिभीमा केहि सुनेपछि मलाई प्रश्न गरेको थियो ।

मैले उसलाई मेरो अवस्थाबारे थाहा हुन दिएको छैन । तैपनि उसले रोइकराई गरेर कतै नजान भानिरह्यो । त्यो समय निकै नै कठिन थियो । म उसको अवस्था बुझ्छु, मलाई पनि कुनै समय त्यस्तै भएको थियो । यस्तो बेला निर्णय लिन कठिन हुन्छ ।

म बार्सिलोनालाई माया गर्छु । मैले यहाँभन्दा राम्रो ठाउँ कतै पनि पाउँदिन । यसका बाबजुद मसँग निर्णय लिने अधिकार भने छ । म केहि नयाँ चुनौती र अवसरको खोजीमा थिएँ । म जहिले पनि बार्सिलोना फर्कन सक्थें, किनभने मैले यहाँ सबथोक पाएको छु ।

मेरो छोरा, मेरो परिवार यहाँ नै हुर्केको हो र यहींका हुन् । मैले क्लब छोड्न चाहनुमा केहि गल्ति थिएँ । यो मेरो आवश्यकता थियो, क्लबको आवश्यकता थियो र सबै पक्षको भलो थियो । मेरो पत्नीले यो अवस्था आउँदा जति दुख लागेपनि मलाई साथ दिइरहिन् ।’

मेस्सीले आफ्नो अवस्थाबारे गोल डटकमलाई दिएको अभिव्यक्तिको यो नेपाली अनुवाद हो । यसलाई अन्य माझ पनि बाँड्न सक्नुहुन्छ र तपाईंको यस अवस्थालाई लिएर आफ्नो अभिव्यक्ति कमेन्टमा दिनुहोला । हामी उत्कृष्ट प्रतिक्रियालाई ‘मेस्सीको अवस्थाबारे नेपाली समर्थकको बुझाइ’ नामक लेखमा प्रकाशित गर्नेछौं ।

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

December 17, 2025

बार्सिलोना कोपा डेल रे को अन्तिम १६ मा

एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्‍यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]

Success

Thank you for your time.