5 years ago
September 6, 2020
एजेन्सी – यूईएफए नेसन्स लिगमा आज (आइतबार) राति समूह चरणको दोस्रो राउन्डको विभिन्न १० खेलमा प्रतिस्पर्धा हुँदैछ । स्पेन जर्मनी, वेल्स र रसियाजस्ता टोलीले दोस्रो राउन्डमा आ–आफ्नो प्रतिद्धन्द्धीको सामना गर्दैछ ।

समूह ‘ए’ को ४ मा रहेको स्पेनले घरेलु मैदानमा युक्रेनको आतिथ्यता गर्दैछ । खेल नेपाली समयअनुसार राति १२ः३० बजे हुनेछ । पहिलो खेलमा बलियो जर्मनीसँग १–१ गोलको बराबरी खेलेको स्पेन घरेलु मैदानमा युक्रेनलाई पराजित गर्दै नेसन्स लिगमा पहिलो जितको खोजीमा हुनेछ ।
रोड्रिगो, फेरान टोरेस, जोस गाया र पाउ टोरेसजस्ता युवा खेलाडीले जर्मनीविरुद्ध उच्च प्रदर्शन गरेका थिए । अन्सु फातीले पनि जर्मनीविरुद्ध सब्सिच्युट खेलाडीको रुपमा मैदान प्रवेश गर्दै डेब्युमा प्रभाव जमाएका थिए । यस्तै स्पनसँग कप्तान सर्जियो रामोस, थियागो अलकान्तरा, सर्जियो बुस्क्वेटस्, ड्यानियल कार्भजल र गोलरक्षक डेभिड हे गेया छन् ।
यता, पहिलो खेलमा स्वीट्जरल्यान्डलाई २–१ ले हराएको युक्रेन समूहमा लगातार दोस्रो जितको खोजीमा हुनेछ । युक्रेनका लागि फरवार्ड ओलेक्सान्डर जिनचेन्को मुख्य हतियार हुनेछन् । उनलाई एन्ड्रि यार्माेलेन्को र रुस्लान मालिनोभ्स्कीले साथ दिनेछन् ।

यि दुई टोली पछिल्लो पटक २०१५ मा युरो छनोटमा प्रतिस्पर्धा गरेका थिए । जसमा दुवै खेलमा स्पेनले समान १–० को जित निकालेको थियो । स्पेन सोही जितलाई निरन्तरता दिने लक्ष्यमा रहँदा युक्रेन स्पेनसँगको हारको श्रृंखला तोड्ने दाँउमा हुनेछ ।
यही समूहमा आज राति नै स्वीट्जरल्यान्ड र जर्मनीबीच राति १२ः३० बजे प्रतिस्पर्धा हुदैछ । खेल बसेलमा हुनेछ । जर्मनी र स्वीट्जरल्यान्ड दुवै टोली पहिलो जितको खोजीमा हुनेछ । समूहमा युक्रेन ३ अंक जोडेर शीर्षस्थानमा रहँदा समान अंक रहेको जर्मनी र स्पेन दोस्रो र तेस्रो स्थानमा रहेका छन् । अंकविहीन स्वीट्जरल्यान्ड पुछारमा छ ।
अन्य खेल
बी–४ :वेल्सविरुद्ध बुल्गेरिया राति (६ः४५ बजे), आयरल्यान्डविरुद्ध फिनल्यान्ड (राति ९ः४५ बजे)
डी– १ : एन्डोराविरुद्ध फारोई आईल्यान्ड (६ः४५ बजे), माल्टाविरुद्ध लात्भिया (राति १२ः३० बजे)
बी–३ : हंगेरीविरुद्ध रसिया (राति ९ः४५ बजे), सर्वियाविरुद्ध टर्की (राति १२ः३० बजे)
सी –३ : स्लोभेनियाविरुद्ध माल्दोभा (राति ९ः४५ बजे), कोसोभोविरुद्ध ग्रीस (राति १२ः३० बजे)
ए–४ :: स्पेनविरुद्ध युक्रेन (राति १२ः३० बजे), स्वीट्जरल्यान्डविरुद्ध जर्मनी (राति १२ः३० बजे)
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको नतिजाले अंक तालिकामा केही फरक परेन । आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]