5 years ago
September 6, 2020
एजेन्सी – युईएफए नेसन्स लिगमा आज (आइतबार) राति समूह चरणको दोस्रो राउन्डको विभिन्न १० खेलमा प्रतिस्पर्धा हुदैछ । स्पेन जर्मनी, वेल्स र रसियालगायतका टोलीले समूहको दोस्रो राउन्डमा आ–आफ्नो प्रतिद्वन्द्वीसँग प्रतिस्पर्धा गर्दैछन् ।

समूह ‘ए’ को ४ मा रहेको स्वीट्जरल्यान्डले जर्मनीको आतिथ्यता गर्दैछ । खेल नेपाली समयअनुसार राति १२ः३० बजेपछि हुनेछ । दुवै टोली पहिलो जितको खोजीमा हुनेछ । स्वीट्जरल्यान्ड पहिलो खेलमा युक्रेनसँग २–१ ले पराजित हुदा जर्मनी स्पेनसँग १–१ गोलको बराबरीमा रोकिएको थियो ।
जर्मनीका लागि टिमो वेर्नर मुख्य हतियार हुनेछ । वेर्नरले स्पेनविरुद्धको खेलमा पनि गोल गरेका थिए । उनलाई लिरोय साने, जुलियन ड्राक्सलर, रोविन गोसेन्सले साथ दिनेछन् । कप्तान टोनी क्रुस, इकेए गुन्डोगान, इम्री क्यान र एन्टेनियो रुडिगर हुनेछन् ।
यता, स्वीट्जरल्यान्ड पनि घरेलु मैदानमा जर्मनीलाई पराजित गर्ने लक्ष्यमा हुनेछ । युक्रेनलाई दवावमा राखेपनि रक्षापङ्ति कमजोर बन्दा स्वीट्जरल्यान्ड पराजत हुन पुगेको थियो । हरिस सेफेरोभिक, कप्तान ग्रानिट झाका र स्टेभन जुवेरको साथ स्वीट्जरल्यान्डलाई रहेको छ ।
यि दुई टोली २०१२ पछि पहिलोपटक आमने समाने हुन लागेका हुन् । २०१२ मा भएको मैत्रीपुर्ण खेलमा स्वीट्जरल्यान्डले ५–३ को जित निकालेको थियो । समूहमा युक्रेन ३ अंक जोडेर शीर्षस्थानमा रहँदा समान अंक रहेको जर्मनी र स्पेन दोस्रो र तेस्रो स्थानमा रहेका छन् । अंकविहीन स्वीट्जरल्यान्ड पुछारमा छ ।
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको नतिजाले अंक तालिकामा केही फरक परेन । आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]