5 years ago
September 7, 2020
एजेन्सी – फिलिप्पे काउटिन्हो नयाँ सिजन बार्सिलोनामै रहने लगभग पक्का देखिएको छ । प्रशिक्षक रोनाल्डो कोम्यानले ब्राजिलियन मिडफिल्डर क्लबमै रहने संकेत दिएका छन् ।

केहि दिन अघिसम्म उनले काउटिन्होलाई पनि विक्री गर्ने खेलाडीको सुचीमा राखेका थिए । तर प्रशिक्षणमा उनले देखाएको प्रदर्शन र टोलीको अवस्थाले पनि कोम्यानले उनलाई योजनामा सामेल गरेको बुझिएको छ । नयाँ सिजनमा उनी पुन: लोनमा जाने सम्भावनालाई पनि बार्सिलोनाले अस्वीकार गरेको छ ।
यदि कुनै पनि क्लबले ठूलो धनराशीमा स्थायी रुपमा काउटिन्होलाई भित्राउने प्रस्ताव राखेको अवस्थामा मात्र बार्सिलोना तयार हुने सम्भावना छ । कोराना भाइरस कोभिड १९ का कारण उत्पन्न कठिन आर्थिक कठिनाईका कारण उनको सरुवा सम्भव देखिन्न ।
बार्यन म्युनिखले १ सय २० मिलियन युरोमा काउटिन्होलाई किन्न सक्ने विकल्पलाई अस्वीकार गरेको थियो । त्यहि कारण एक सिजन बार्यनबाट लोनमा खेलेको २८ वर्षे काउटिन्हो बार्सिलोना फर्केका हुन् ।
कोम्यान बार्सिलोनालाई पुनर्निर्माण गर्ने योजनामा छन् । काउटिन्होलाई अब सेन्टर मिडफिल्डरमा खेलाउने सम्भावना रहेको छ । इर्नेस्टो भालभेर्डेले लिभरपुलका पूर्व खेलाडीलाई विङ्समा प्रयोग गर्दा त्यहाँ उनले प्रभावशाली प्रदर्शन गर्न सकेका थिएनन् ।
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको नतिजाले अंक तालिकामा केही फरक परेन । आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]