5 years ago
September 7, 2020
एजेन्सी – वेल्सले युईएफए नेसन्स लिगमा लगातार दोस्रो जित दर्ता गरेको छ । आइतबार राति भएको खेलमा बुल्गेरियामाथि १–० को जित निकाल्दै वेल्सले लगातार दोस्रो जित दर्ता गरेको हो ।

घरेलु मैदान कार्डिफ सिटीमा निको विलियम्सले इन्ज्युरी समयमा गोल गर्दै वेल्सलाई लगतार दोस्रो जित दिलाए । वेल्सले यसअघि पहिलो खेलमा फिनल्यान्डमाथि १–० कै जित निकालेको थियो ।
प्रतिस्पर्धात्मक बनेको खेलमा बुल्गेरियाले २५औं मिनेटमा पहिलो अवसर सिर्जना गरेपनि सदुपयोग हुन सकेन । पहिलो हाफको इन्ज्युरी समयमा डेभिड ब्रुक्सको भली प्रहार बाहिरिदा वेल्स अग्रता लिनबाट चुकेको थियो । ७४औं मिनेटमा वेल्सका ड्यानियल जेम्सले अर्काे अवसर खेर फालेको थियो ।
बराबरीतर्फ धकेलिएको खेलको अन्त्यतिर दुई वैकल्पिक खेलाडीको समन्वयमा गोल निस्कँदा वेल्स १–० ले विजयी हुन सफल भयो । जोनाथन विलियम्सको क्रसलाई निको विलियम्सले गोलमा परिणत गरेका थिए । निको ६५औं मिनेटमा तथा जोनाथन ७६औं मिनेटमा मैदानमा प्रवेश गरेका थिए ।
यही समुहको अर्काे खेलमा फिनल्यान्डले आयरल्यान्डमासथ १–० को जित निकालेको छ । फिनल्यान्डको जितमा फेड्रिक जेन्सनले ६४औं मिनेटमा गरेको गोल निर्णायक बन्यो ।
लगातार दोस्रो जितसँगै वेल्स लिग ‘बी’ ४ मा ६ अंक जोडेर शीर्षस्थानमा रहेको छ । पराजित बुल्गेरिया १ अंकसहित तेस्रो स्थानमा छ । फिनल्यान्ड ३ अंक जोडेर दोस्रो स्थानमा रहँदा १ अंक रहेको आयरल्यान्ड पुछारमा छ ।
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको नतिजाले अंक तालिकामा केही फरक परेन । आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]