default_image

5 years ago

September 7, 2020

हंगेरीमाथि रसियाको जित

137 views

0 Bookmark

एजेन्सी – युईएफए नेसन्स लिगमा लगतार दोस्रो जित निकाल्ने क्रममा रसियाले हंगेरीलाई पराजित गरेको छ । रसियाले घरेलु टोली हंगेरीमाथि ३–२ को प्रतिस्पर्धात्मक जित निकालेको हो ।

रसियाको जितमा एन्टन मिरानचुक, मागोमेड ओजडोइभ र मारियो फर्नान्डेसले गोल गरे । घरेलु टोलीका रोलान्ड सल्लाई र नेमान्जा निकोलिकले गोल गरेपनि हार टार्न सकेनन् । पुस्कास एरिना बुडापेस्टमा आइतबार राति भएको खेलमा बल पोजेसनमा बलियो पकड बनाएपनि पाहुना टोली रसियाले खेलेको १५औं मिनेटमा अग्रता बनाएको थियो ।

डालेर कुजेभको पासमा एन्टनले गोल गर्दै घरेलु टोलीलाई १–० को अग्रता दिलाएका थिए । ३४औं मिनेटमा एन्डरे सेमेनोभको पासमा मागोमेडले गोल गरेपछि रसियाले पहिलो हाफमा २–० को अग्रता बनाएको थियो ।

दोस्रो हाफको शुरुमै कप्तान अर्टिम ज्युभाको पासमा मारियो फर्नान्डेसले गोल गरेपछि रसिया सहज जिततर्फ अग्रसर बनेको थियो । खेलमा ३–० ले पछि परेपछि आक्रमब बनेको हंगेरीले त्यसपछि आठ मिनेटको अन्तरमा दुई गोल गर्दै खेलमा फर्कने संकेत देखाएको थियो ।

६२औं मिनेटमा रोलान्ड सल्लाईले सल्ट कलमारको पासमा गोल गर्दै खेललाई ३–१ को अवस्थामा ल्याए । ७०औं मिनेटमा वर्नावास बेसेको पासमा नेमान्जा निकोलिकले गोल गर्दै हंगेरीलाई ३–२ को अवस्थामा ल्याएका थिए । तर त्यसपछि थप गोल निस्कन नसक्दा रसियाले आफ्नो पक्षमा पार्न सफल भयो ।

नेसन्स लिगमा लगातार दोस्रो जित दर्ता गरेको रसिया लिग ‘बी’ को ३ मा ६ अंक जोडेर शीर्षस्थानमा रहेको छ । पराजित हंगेरी ३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । समान एक अंक जोडेको टर्की र सर्विया तेस्रो र पुछारमा छ । यही समूहको अर्काे खेलमा सर्विया र टर्कीले गोलरहित बराबरी खेल्दै अंक बाँडेका थिए ।

अन्य नतिजा

बी–४ : वेल्सविरुद्ध बुल्गेरिया राति (–०), आयरल्यान्डविरुद्ध फिनल्यान्ड (०–)

डी– १: एन्डोराविरुद्ध फारोई आईल्यान्ड (०–), माल्टाविरुद्ध लात्भिया (१–१)

बी–३: हंगेरीविरुद्ध रसिया (२–), सर्वियाविरुद्ध टर्की (०–०)

सी –३: स्लोभेनियाविरुद्ध माल्दोभा (–०), कोसोभोविरुद्ध ग्रीस (१–)

ए–४: स्पेनविरुद्ध युक्रेन (–०), स्वीट्जरल्यान्डविरुद्ध जर्मनी (१–१)

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगालको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा‌ एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको‌ नतिजाले अंक तालिकामा केही फरक‌ परेन ‌। आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]

Success

Thank you for your time.