5 years ago
September 7, 2020
एजेन्सी – स्पेनका युवा प्रतिभा अन्सु फाती सबैभन्दा कम उमेरमा स्पेनको सिनियर राष्ट्रिय टिमबाट गोल गर्ने खेलाडी नयाँ कीर्तिमान कायम गरेका छन् ।

यूईएफए नेसन्स लिगमा आइतबार राति युक्रेनविरुद्ध एक गोल गर्दै फातीले ९५ बर्षको पुरानो कीर्तिमान तोडेका हुन् । उनले १७ बर्ष ३ सय ११ दिनको कम उमेरमा स्पेनका लागि सिनियर राष्ट्रिय टिमबाट गोल गर्न सफल भएका हुन् ।
फातीले युक्रेनविरुद्ध व्यक्तिगत पहिलो तथा टोलीका लागि तेस्रो गोल गरेका थिए । उनैले नै पेनाल्टी जित्दा स्पेनले खेलमा सुरुवाती अग्रता बनाएको थियो । यसअघि जुआन एराजुकिनले सन् १९२५ मा १८ बर्ष ३ सय ४४ दिनको उमेरमा स्विटरल्याण्डविरुद्धको खेलमा गोल गर्दै सबैभन्दा कम उमेरमा गोल गर्दै यो कीर्तिमान बनाएका थिए ।
गिनी बिसाउमा जन्मिएका फाती ५ बर्षको उमेरमा परिवारसहित स्पेन आएका हुन् । उनले क्याटलान क्लब बार्सिलोनाको ला मासियामा आफ्नो प्रतिभा निखार्दै अघिल्लो सिजनबाट नै बार्सिलोनाको पहिलो रोजाईमा स्थान बनाउन सफल भएका थिए । क्याटलान क्लब बार्सिलोनाका फाती युइएफए च्याम्पियन्स लिगको इतिहास र स्पेनिस लिगमा समेत सबैभन्दा कम उमेरमा गोल गर्ने खेलाडी हुन् ।

नेसन्स लिगमार्फत नै सिनियर टोलीमा स्थान बनाएका फातीले गत बिहीबार जर्मनीसँग १–१ गोलको बराबरी भएको खेलमा दोस्रो हाफका लागि जेसस नाभासको स्थानमा मैदान प्रवेश गर्दै ‘डेब्यु’ गरेका थिए । खेलमा स्पेन ४–० ले विजयी हुन सफल हुदा कप्तान सर्जियो रामोसले दुई तथा फातीसँगै फेरान टोरेसले गोल गरेका थिए । ३४ वर्षे भेट्रान सेन्टर ब्याक रामोसले पछिल्ला १५ खेलमा स्पेनका लागि १० अन्तर्राष्ट्रिय गोल गर्दा देशका लागि २३ गोल पुरा गरेका छन् ।
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको नतिजाले अंक तालिकामा केही फरक परेन । आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]