default_image

5 years ago

September 7, 2020

टिम होटेलमा महिला ल्याएपछि फोडेन र ग्रिनवुडलाई कारवाही

215 views

0 Bookmark

एजेन्सी – इंग्ल्यान्डको राष्ट्रिय टोलीबाट यसै साता डेब्यु गरेका मिडफिल्डरद्वय फिल फोडेन र मेसन ग्रिनवुड बाहिरका महिलालाई टिम होटेलमा ल्याएपछि कारवाहीमा परेका छन् ।

आइसल्याण्डविरुद्ध खेलमा पहिलो पटक सिनियर टोलीका लागि खेलेका ग्रिनवुड र फोडेनको कोठामा बाहिरकी महिला आएको भिडियो आइतबार सार्वजनिक भएको थियो । कोरोना संक्रमणका कारण टोलीमा सहभागी खेलाडी तथा टोलीका सदस्यले बाहिरका कसैलाई भेट्न नपाइने नियम रहेको छ । आफ्नै परिवारका सदस्य समेत होटेलमा आउन नपाइने नियम रहेको छ ।

आइसल्याण्डको स्थानीय मिडिया डिभीका अनुसार दुई महिलाले आफूलाई ग्रिनवुडले टिम होटेलमा बोलाएको भन्दै सामाजिक संजाल स्न्यापच्याटमा भिडियो हालेका थिए । त्यसपछि दुई खेलाडीसहित कोठाभित्रबाट नै अर्को भिडियो आएपछि दुवै खेलाडीलाई फुटबल संघले कारवाही गर्ने भएको छ ।

सोमबारको प्रशिक्षणमा फोडेन र ग्रिनवुड दुवै उपस्थित रहेका छैनन् । इंग्ल्यान्डले मंगलबार हुने खेलमा डेनमार्कको सामना गर्दैछ । दुवै खेलाडीले उक्त खेल त गुमाउने छन् नै, उनीहरुले एफएबाट थप अनुशासन कारवाहीका भोग्नुपर्नेछ ।

२० वर्षीय फोडेनले गत सिजन म्यानचेस्टर सिटीबाट उत्कृष्ट प्रदर्शन गर्दै सिनियर टोलीमा स्थान बनाएका थिए । फोडेन लामो समयदेखि आफ्नो प्रेमिकासँग बस्दै आएका छन् र उनको दुई वर्षको छोरा पनि छ । १८ वर्षीय ग्रिनवुडको भने केहि महिनाअघि मात्र प्रेमिकासँग बिछोड भएको थियो ।

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगालको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा‌ एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको‌ नतिजाले अंक तालिकामा केही फरक‌ परेन ‌। आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]

Success

Thank you for your time.