5 years ago
September 15, 2020
एजेन्सी – फ्रान्सेली क्लब लियोनका कप्तान मेम्फिस डिपाए क्याटलान क्लब बार्सिलोना आउने भएका छन् । प्रशिक्षक रोनाल्ड कोम्यानको रोजाईमा रहेका डिपाएलाई क्लबले यसै साताको अन्त्यसम्म सार्वजनिक गर्ने सम्भावना रहेको छ ।

डिपाए र बार्सिलोनाबीच व्यक्तिगत सम्झौताको विषयमा सहमति भइसकेको अवस्थामा दुई क्लबबीच ट्रान्सफर रकमलाई लिएर सहमति हुन सकेको थिएन । बार्सिलोनाले ३० मिलियन युरोको प्रस्ताव राखेसंगै लियोनले त्यसलाई स्वीकार गरेको छ । प्रशिक्षक कोम्यानले आफूसंग राष्ट्रिय टोलीमा खेल्दै आएका डिपाएलाई आफ्नो मुख्य रोजाईको रुपमा राखेका थिए ।
२६ वर्षीय डिपाएले सन् २०१७ मा म्यानचेस्टर युनाइटेड छोडेर लियोनसंग सम्झुता गरेका थिए । उनले लियोनबाट ५७ गोल गरेका छन् । गत सिजन च्याम्पियन्स लिगमा सेमिफाइनलसम्म पुग्दा डिपाएले प्रभावशाली प्रदर्शन गरेका थिए । लियोनले युभेन्टस र म्यानचेस्टर सिटीलाई पराजित गर्दै अन्तिम चारको यात्रा तय गरेको थियो ।
च्याम्पियन्स लिगमा उत्कृष्ट प्रदर्शन गरेपनि घरेलु लिगमा भने लियोनले अपेक्षित प्रदर्शन गर्न सकेको थिएन । फ्रान्सेली लिगको २८ औं चरणको खेल सकिंदा टोली सातौं स्थानमा थियो । फ्रान्सेली लिग त्यसै अवस्थामा रद्द भएपछि लियोन यस सिजन च्याम्पियन्स लिगका लागि छनोट भएन । त्यसैले पनि डिपाएले आफू बार्सिलोना जान चाहेको क्लबलाई प्रष्ट पारेका थिए ।
लियोनले नयाँ सिजनको पहिलो खेलमा डिजोनलाई ४-१ ले पराजित गर्दा दोस्रो खेलमा बोर्डोसँग गोलरहित बराबरीमा रोकिएको थियो । डिपाएले पहिलो खेलमा ह्याट्रिक समेत गरेका थिए ।
यो पनि : बेललाई बेवास्ता गर्दै रियल म्याड्रिड
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]