default_image

5 years ago

September 16, 2020

बेन्जेमाको चार गोलमा रियलको फराकिलो जित

184 views

0 Bookmark

एजेन्सी – फ्रेन्च फरवार्ड करिम बेन्जेमाको चार गोल सहयोगमा स्पेनिस महारथी रियाल म्याड्रिडले नयाँ सिजनको लागि प्रि– सिजनको अन्तिम तयारी खेलमा गेटाफेमाथि सानदार जित निकालेको छ ।

मंगलबार राति रियलको घरेलु मैदान अल्फ्रेडो डि स्टेफानोमा भएको खेलमा रियलले ला लिगा प्रतिद्धन्द्धी गेटाफेमाथि ६–० को फराकिलो जित हात पारेको हो । रियलको फराकिलो जितमा बेन्जेमाले चार गोल गर्दा कप्तान सर्जियो रामोस र युथ टोलीका सर्जियो एरिबासले समान एक गोल गरे । सबै ६ गोल पहिलो हाफमा सम्भव भएको थियो ।

रियलले गेटाफेविरुद्ध पहिलो हाफमा थिवाउट कोर्टुवा, ड्यानी कार्भाजल, इडर मिलिटाओ, सर्जियो रामोस, मार्सेलो, लुका मोड्रिच, क्यासमिरो, सर्जियो एरिबास, मार्भिन पार्क, करिम बेन्जेमा र भिनिसिय जुनियरलाई खेलाएको थियो ।

दोस्रो हाफमा एन्ड्री लुनिन, अल्भारो ओर्डिजोला, नाचो फर्नान्डेज, राफयल भरान, फर्लान्ड मेन्डी, फेड भाल्भेर्डे, एन्टेनियो ब्लान्को, टोनी क्रुस, रोड्रिगो, बोर्जा मायोरल र मिगुइल गुइटिरेजलाई मौका दिएका थिए । गेटाफेले पनि ‘बी’ टोलीका केही खेलाडीलाई मौका दिएको थियो ।

खेल बन्द रंगशालामा भएको थियो । त्यहाँ प्रेस र टिभी क्यामरालाई समेत प्रवेश दिइएको थिएन । नयाँ सिजनअघि रियल र गेटाफेको यो पहिलो र अन्तिम तयारी खेल हो ।

गेटाफेले शुक्रबार राति घरेलु मैदानमा ओसासुनासँग खेल्दै नयाँ सिजनको ला लिगाको सुरुवात गर्दैछ । यस्तै रियल म्याड्रिडले आइतबार राति रियल सोसिडाडसँग उसकै मैदानमा खेल्दै ला लिगाको सुरुवात गर्नेछ ।

यो पनि : रियलको सिनियर टोलीसम्म ओडेगार्डको यात्रा

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.