default_image

5 years ago

September 17, 2020

नेयमारलाई थप प्रतिबन्ध

166 views

0 Bookmark

एजेन्सी – फ्रान्सेली फुटबलको सर्वोच्च निकायले फ्रान्सेली लिग वन अन्तर्गत आइतबार पेरिस सेन्ट जर्मेन (पीएसजी) र मार्सेबीच खेलको घटनालाई लिएर अनुशासन कारवाही सुनाएको छ ।

लिग वन अन्तर्गत दोस्रो चरणको खेलमा मार्सेले १-० को जित दर्ता गर्दा खेलको इन्ज्युरी समयमा भएको घटनामा ५ खेलाडीले रातो कार्ड पाएका थिए । खेल अवधिभर नै रेफ्रीले १२ पटक पहेंलो कार्ड देखाउनु परेको थियो । तर अन्तिम समयमा खेलाडी एक आपसमा हात हालाहालमा उत्रदा ५ खेलाडीले रातो कार्ड पाएका थिए ।

रेफ्रीले हात हालाहाल गरेका जोर्डन अमाभी र लेभिन कुर्जावालाई सिधै रातो कार्ड देखाए । त्यसपछि मुख्य फलमा आबद्ध लियान्ड्रो पारेडेस र डारियो बेनेडेटोले दोस्रो पहेंलो कार्ड खाँदै मैदान बाहिरीए । रेफ्रीले नेयमारलाई कार्ड दिन भने भिडियो असिस्टेन्ट रेफ्रीको सहारा लिनुपर्यो ।

भीएआरमा हेर्दा नेयमारले मार्सेका डिफेन्डर अल्भारोलाई टाउको पछाडी हातले हानेको देखिएको थियो । रेफ्रीले त्यसपछि पहिले नै पहेंलो कार्ड पाएका नेयमारलाई सिधै रातो कार्ड देखाउँदै मैदानबाहिर पठाए । नेयमारले मैदानबाट बाहिरिने क्रममा अल्भारोले रंगभेदी टिप्पणी गरेको बताए । उनले खेलपछि बोल्दै अल्भारोलाई टाउको पछाडी नभएर मुखमा मुक्का हान्नुपर्ने अभिव्यक्ति समेत दिएका थिए ।

अनुशासन समितिले नेयमारलाई रातो कार्डको एक खेल प्रतिबन्धमा थप एक खेल प्रतिबन्ध लगाएको छ । यसबाहेक समितिले नेयमारले प्रतिबन्ध पूरा भएपछि पुनरागमन गरेको खेलमा पनि सोहि व्यवहार देखाएमा स्वत: एक खेल प्रतिबन्ध थपिने निर्णय पनि गरेको छ ।

मिडफिल्डर पारेडेसले पनि थप एक खेल प्रतिबन्ध भोग्ने भएका छन् । डिफेन्डर जोर्डन अमाभीलाई खुट्टाले हानेका पीएसजीका डिफेन्डर लेभिन कुर्जावाले भने ६ खेल प्रतिबन्ध भोग्नेछन् । अमाभीले पीएसजीका खेलाडीलाई मुक्का हानेपछि कुर्जावाले जवाफमा लात हानेका थिए । अमाभीलाई पनि ३ खेल प्रतिबन्ध लगाइएको छ । मार्सेका फरवार्ड डारियो बेनडेट्टोले पनि २ खेल प्रतिबन्ध भोग्नेछन् ।

समितिले नेयमारले लगाएको रंगभेदी टिप्पणीको आरोपबारे विस्तृत छानविन गर्ने प्रष्ट पारेको छ । यस्तै एन्जल डी मारियाले मार्सेका खेलाडीलाई थुकेको भन्ने आरोप रहेकाले त्यसमा पनि छानविन हुने लिगले बताएको छ ।

पीएसजीले बुधबार भएको लिग खेलमा मेट्जलाई १-० ले पराजित गर्दा प्रतिबन्धमा परेका यी खेलाडी खेलेका थिएनन् । अब नेयमार र पारेडेसले थप १-१ खेल तथा कुर्जावाले ५ खेल गुमाउनेछन् ।

यो पनि : भाग्यमानी पीएसजीको पहिलो जित

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.