default_image

5 years ago

September 17, 2020

भाग्यमानी पीएसजीको पहिलो जित

178 views

0 Bookmark

एजेन्सी – इन्ज्युरी समयमा जुलियन ड्राक्सलरको गोल गरेपछि साविकको विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा तीन खेलपछि पहिलो सफलता हात पारेको छ । १० खेलाडीमा समेटिएको पीएसजीले मेट्जमाथि १–० को झिनो जित हात पारेको हो ।

स्टार खेलाडीहरु कोरोना संक्रमण र प्रतिबन्धका कारण टोलीमा नरहँदा पीएसजीले मेटेजमाथि जित निकाल्न निकै संघर्ष गर्नुपरेको थियो । पीएसजी यसअघिको सुरुवाती दुई खेलमा यसै सिजन बढुवा भएको लेन्स र मार्सेसँग समान १–० ले पराजित भएको थियो ।

पार्क डि प्रिन्सेस पेरिसमा बल पोजेसनमा ७१ प्रतिशत बल पोजेसन राखेपनि पीएसजीले गोलको लागि निकै नै संघर्ष गर्नुपरेको थियो । ११औं मिनेटमा एन्जल डि मारियाको क्रसमा मोउरो इकार्डीको हेडर पोस्टबाट थोरै बाहिरियो । लगत्तै १२औं मिनेटमा पाब्लो सारावियाको प्रहारलाई मेट्जका गोलरक्षक एलेसान्द्रे ओकिडजाले बचाए ।

३२औं मिनेटमा डि मारियाकै क्रसमा इकाडीको प्रहार पोस्टबाट थोर बाहिरिदा पीएसजी अग्रता लिनबाट चुक्यो । ३८औं मिनेटमा इब्राहिमा निएनले सुन्दर अवसर पाएपनि सदुपयोग गर्न नसक्दा मेट्ज अग्रता लिनबाट चुक्यो ।

६५औं मिनेटमा १० खेलाडीमा समेटिएपनि पीएसजीले बल पोजेसनमा पकड कायमै राख्यो । मेट्जका पीएसजीका इब्राहिमा निएनलाई फल गरेपछि पीएसजीका एब्डोउ डिएलो दोहोरो पहेँलो कार्ड खादै मैदानबाट बाहिरिए । ६९औं मिनेटमा डि मारियाको पासमा ओभरल्यापमा अघि पुगेका कोलिन डग्वाले क्रस गरेको बललाई पेनाल्टी बक्स नजिकै डि मारिया हेडर प्रयास गरेपनि पोस्टका दिशा लिन सकेन ।

७६औं मिनेटमा जुलियन ड्राक्सलरको पासमा इकार्डीको अर्काे प्रहारमा गोलरक्षक बाधक बने । ७८औं मिनेटमा मेट्जका गोलरक्षकले उत्कृष्ट बचाउ गरेपछि पीएसजी अग्रता लिनबाट चुक्यो । इकार्डीको ब्याकहिल पासमा डि मारियाको प्रहारलाई मेट्जका गोलरक्षकले विफल पारेका थिए ।

इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा ड्राक्सलरले गोल गर्दै पीएसजीलाई महत्वपुर्ण तीन अंक दिलाए । डि मारियाले क्रस गरेको बललाई इकार्डीले भेट्न नसकेको अवस्थामा मेट्जका गोलरक्षकले विफल पारेपनि रिवाउन्डमा ड्राक्सलरले हेडरमार्फत खाली पोस्टमा जाली चुमाएका थिए ।

यस जितसँगै सुरुवाती दुई खेलमा अंक गुमाएको पीएसजीले लिग वानमा पहिलो अंक जोडेको छ । मेट्ज अझै अंकविहीन छ ।

यो पनि पढ्नुहोस : नेयमारलाई थप प्रतिबन्ध

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.