default_image

9 years ago

September 1, 2016

गौरिकालाई राष्ट्रपतिको सम्मान

135 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – रियो ओलम्पिककी सबैभन्दा कम उमेरकी पौडी खेलाडी गौरिका सिंहको आज शितल निवासमा राष्ट्रपति विद्यादेवि भण्डारीलेद्वारा सम्मान भएको छ।

Gaurika President

केही साता अघि मात्र ब्राजिलको रियामा सम्पन्न ओलम्पिकमा २ सय ६ राष्ट्रका ११ हजार बढी खेलाडीमध्ये १३ बर्षे गौरिका सबैभन्दा कान्छी खेलाडी थिइन् ।

बेलायतमा परिवारका साथ बस्दै आएको र उतैबाट रियोमा गएका कारण ओलम्पिक जानु अघि उनको राष्ट्रपतिबाट विदाई हुन नसकेकोले आज सो कार्यक्रम राखिएको थियो। ब्राजिलको रियोमा आयोजित ओलम्पिक सहभागीमा २ सय ६ राष्ट्रका ११ हजार बढी खेलाडीमध्ये १३ बर्षे गौरिका सबैभन्दा कान्छी खेलाडी थिइन् ।

‘मैले तिम्रो समाचार हेरिरहेको थिए । ओलम्पिकमा खेल भएको दिन पनि मैले आफ्ना सहयोगीहरुसँग कुरा गरेको थिए ।’, राष्ट्रपति भण्डारीले अभिव्यक्ति दिईन।  राष्ट्रपति भण्डारीले आफु गौरिकासंग कुरा गर्न पर्खिरहेको र उनलाई भेटेर खुसी लागेको बताइन् । राष्ट्रपति भण्डारीले सिंहलाइ आगामी टोकियो २०२० ओलम्पिकको लागि राम्रो तयारी गर्न पनि शुभकामना दिईन।

नेपालको पौडी इतिहासमा सागमा व्यक्तिगततर्फ पहिलो पदक जितेकी गौरिकाले फागुनमा भारतमा भएको १२ औं दक्षिण एसियाली खेलकुदमा गौरिकाले १ र ३ कास्य पदक जितेकी थिइन् । ‘ म राष्ट्रपतिलाई भेट्न पाउँदा अत्यन्तै खुसी छु । अझ त्यसमाथि उहाँबाट सम्मानित हुन पाउँदा थप गौरवको अनुभुती भएको छ ।’, गौरिकाले भनिन्।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.