default_image

4 years ago

September 25, 2020

किङ काजु : ५३ वर्षमा पनि शीर्ष फुटबल लिग खेल्दै

एजेन्सी – काजुयोसी मिउरा अर्थात ‘किङ काजु’ जापानको शीर्ष डिभिजनको जे लिग खेल्ने भेट्रान खेलाडी बनेका छन् । बुधबार राति कावासाकी फ्रन्टालेविरुद्ध योकोहामा एफसीबाट खेल्दै उनी जे लिग खेल्ने भेट्रान खेलाडी बनेका हुन् । ५३ वर्षको उमेरमा पनि व्यवसायिक लिग खेल्दै काजुले जे लिगमा नयाँ कीर्तिमान बनाएका हुन् । उनलाई नै टोलीको कप्तानीको जिम्मेवारी दिइएको […]

54 views

0 Bookmark

एजेन्सी – काजुयोसी मिउरा अर्थात ‘किङ काजु’ जापानको शीर्ष डिभिजनको जे लिग खेल्ने भेट्रान खेलाडी बनेका छन् । बुधबार राति कावासाकी फ्रन्टालेविरुद्ध योकोहामा एफसीबाट खेल्दै उनी जे लिग खेल्ने भेट्रान खेलाडी बनेका हुन् ।

५३ वर्षको उमेरमा पनि व्यवसायिक लिग खेल्दै काजुले जे लिगमा नयाँ कीर्तिमान बनाएका हुन् । उनलाई नै टोलीको कप्तानीको जिम्मेवारी दिइएको थियो । उनको टोली जे लिगको शीर्षस्थानमा रहेको कावासाकीसँग ३–२ ले पराजित भएको थियो ।

काजुले ५६ मिनेट मैदानमा बिताएका थिए । उनलाई कोकी साइटोले प्रतिस्थापन गरेका थिए । काजुले गोल गर्न भने सकेनन् । तोडोरोकी स्टेडियममा ४ हजार ७ सय समर्थकले उनलाई उठेर सम्मान अर्पण गरेको थियो ।

मिउराले क्योदो न्युज एजेन्सीलाई आफू मैदानमा प्रवेश गर्दा आफ्नो कर्तव्य पुरा गर्न र आर्मब्यान्डमा सबैको भावना पोखाउने गहिरो इच्छा रहेको बताएका थिए । बुधबार राति योकोहामाबट खेल्दा काजु मात्रै टोलीका भेट्रान खेलाडी थिएनन् ।

उनीसँगै ४२ वर्षीय जापानका पुर्व अन्तर्राष्ट्रिय खेलाडी सुुनसुके नाकामुराले पनि पहिलो रोजाईमा सुरुवात गरेका थिए । काजु २००५ देखि योकोहामामा आबद्ध छन् । उनले एक सिजन सिड्नी एफसीबाट लोनमा खेलेका थिए ।

सन् १९८६ मा अर्थात ३४ वर्षअघि १९ वर्षको उमेरमा ब्राजिली क्लब सान्तोसबाट व्यवसायिक खेल जीवन सुरु गरेका थिए । मिउराले सन् २००७ पछि जापानको शीर्ष डिभिजन खेलेका हुन् । योकोहामा १२ वर्षसम्म दोस्रो डिभिजनमा रहेको थियो । योकोहामा गत वर्ष जापानको शीर्ष डिभिजनमा बढुवा भएको थियो ।

उनले २०१२ मा ४५ वर्षको उमेरमा कन्साडोल सप्पारोको लागि खेल्दै फरवार्ड मासासी नाकायमाले राखेको कीर्तिमानलाई तोडेका थिए ।

मिउराले १९९० देखि २००० सम्म जापानका लागि ८९ खेल खेल्दा ५५ अन्तर्राष्ट्रिय गोल गरेका छन् । २०१२ मा उनी जापानको राष्ट्रिय फुटसल टोलीको सदस्यसमेत रहेका थिए । उनले फुटसलमा ६ खेलमा १ गोल गरेका थिए ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.