default_image

9 years ago

September 5, 2016

विश्वकप छनोटमा जर्मनी र इङ्ल्यान्ड विजयी

146 views

0 Bookmark

स्लोभाकिया (एजेन्सी) – साविक विजेता जर्मनी र इङ्ल्यान्डले जितबाट विश्वकप छनोटको यात्रा सुरु गरेका छन् । रसियामा सन् २०१८ मा हुने विश्वकपका लागि युरोपियन छनोटअन्तर्गत आइतबार जर्मनीले नर्वेलाई ३–० ले हरायो भने समूह एफमा इङ्ल्यान्डले घरेलु टोली स्लोभाकियामाथि १–० को कठिन जित हासिल गरेको छ ।

Mullar

१० खेलाडीमा सिमिति स्लोभाकियाव्रिुद्ध इङ्ल्यान्डका लागि एडम लेलानाले इन्जुरी समयमा गरेको गोल नै निर्णायक बनेको थियो । ह्यारी केनलाई फउल गरेका स्लोभाकियाका कप्तान मार्टिन स्क्रटेल रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि ५७ औं मिनेटपछि १० खेलाडीमा सीमित भएको थियो ।
युरोपियन च्याम्पियनपछि इङ्ल्यान्डका प्रशिक्षक नियुक्त भएका साम एलेडाइसको यो पहिलो जित हो । समूह एफकै अर्को खेलमा लिथुवानिया र स्लोभेनियाले २–२ को बराबरी खेलेका छन् । २–० ले पछि परेर पनि स्लोभाकियाले खेललाई बराबरीमा लगेको थियो । स्लोभाकियाका लागि रेने क्रिनले ७७ औं र बास्टजान सिसारले अन्तिम समयमा बराबरी गोल गरेका थिए । त्यसअघि लुथुवानियाका लागि ३२ औं मिनेटमा फिडोर क्रिन्ची र ३५ औं मिनेटमा भेकिटास स्लिभ्काले गोल गरेका थिए ।
समुह सीमा जर्मनीले नर्वेलाई ३ – ० ले हराउँदा थोमस मुलरले २ र जोसुओ किम्मिचले एक गोल गरे । सोही समूह चेक गणतन्त्र र नेर्दन आयरल्यान्डले गोलरहित बराबरी खेलेका ।
छनोट चरणको समूह इमा क्रिस्टियन इरिक्स्नको गोलमा डेनमार्कले अर्मानिया १ – ० ले हरायो भने काजाकास्तान र पोल्यान्डले २–२ को बराबरी खेलेका छन् । समूह सिमा अजरबैजानले सानमारियोलाई १–० ले पराजित गर्यो । समूह इमा रोमानिया र मोन्टेनेग्रोले १–१ को बराबरी खेल्दा समूह सीमा चेक गणतन्त्र र नेर्दन आयरल्यान्डले गोलरहित बराबरी खेलेका । समुह एफमा स्कटल्यान्डले माल्टालाई ५–१ ले हरायो ।

england

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.