default_image

5 years ago

September 27, 2020

‘कप्तान’ सिल्भाको बिर्सनलायक डेब्यु

241 views

0 Bookmark

एजेन्सी – चेल्सीका प्रशिक्षक फ्रान्क लाम्पार्डले शनिबार वेस्ट ब्रोमविरुद्ध खेलमा अनुभवी डिफेन्डर थियागो सिल्भालाई प्रिमियर लिग डेब्युमै कप्तानको जिम्मेवारी सुम्पिएका थिए । तर सिल्भाको डेब्यु खेलमा प्रदर्शन बिर्सनलायक रहयो ।

सिल्भाले खेलको २५ औं मिनेटमा गम्भीर गल्ती गरेपछि वेस्ट ब्रोमले खेलमा २-० को अग्रता बनाएको थियो । सिल्भाले पासलाई राम्रोसँग नियन्त्रणमा लिन नसक्दा क्यालम रबिन्सनले उनीबाट बल खोस्दै झन्डै मैदानको बीच भागबाट बल अघि बढाउँदै गोल गरेका थिए । त्यसको केहि मिनेटमा नै चेल्सीको डिफेन्सको गल्तीमा काइल बार्टलीले ३-० को अग्रता दिलाए ।

खेलको दोस्रो हाफमा प्रशिक्षक फ्रान्क लाम्पार्डले सिल्भालाई परिवर्तन समेत गरे । खेलको अन्तिम मिनेटमा गोल गर्दै चेल्सी हारबाट त जोगियो । तर सिल्भाको डेब्यु प्रदर्शनले भने यसैपनि कमजोर देखिएको चेल्सीको डिफेन्स सुधार गर्न केहि कठिन हुने देखिन्छ । पीएसजीबाट फ्री ट्रान्सफरमा आएका सिल्भाले लिग कपमा बार्न्स्लीविरुद्ध भने सरल प्रस्तुति दिएका थिए ।

प्रशिक्षक लाम्पार्डले पहिलो खेलमा केहि असहज भएपनि आउने खेलमा सिल्भाले आफ्नो स्तरअनुसार प्रदर्शन गर्न सक्नेमा विश्वस्त रहेको बताए । ‘ सिल्भाले हाम्रो लागि राम्रो प्रदर्शन गर्नेछन् । उनले आफ्नो करिअरभर आफ्नो स्तर देखाएका छन् र मैले उनलाई अर्को नजरबाट हेर्ने छैन,’ लाम्पार्डले भने ।

‘हामीले केहि गल्तीबारे केहि भनिरहनु पर्दैन । गल्ति भएको हो र हामी सबैले त्यसबारे सोच्नेछौं । हामी एकतावद्ध भएर अगाडी बढ्नुपर्छ र दोस्रो हाफमा हामीले त्यो देख्यौं पनि । सिल्भाको बारेमा मैले केहि बोल्नुपर्छ जस्तो लाग्दैन । त्यो उनको गल्ती थियो र उनले स्वीकार्नेछन् ।’

‘त्यो दोस्रो गोलबाहेक उनले खेलमा खासै गल्ति गरेको देखिन । प्रिमियर लिगमा पहिलो खेल सहज भएन । हामीले उनको फिटनेस सुध्रिएसँगै राम्रो प्रदर्शन गरेर टोलीलाई उचाल्ने विश्वास राखेका छौं ।’

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.