default_image

5 years ago

September 27, 2020

म्यानचेस्टर सिटीलाई लेस्टरको चुनौती

131 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आज (आइतबार) राति साविकको उपविजेता म्यानचेस्टर सिटीले घरेलु मैदानमा लेस्टर सिटीको आतिथ्यता गर्दैछ ।

म्यानचेस्ट सिटी र लेस्टर सिटीबीचको खेल इतिहाद स्टेडियममा नेपाली समयअनुसार राति ९ः१५ बजे हुनेछ । चोटका कारण फरवार्डद्धय ग्याब्रियल जेसस र सर्जियो अगुइरोलाई गुमाएको म्यानचेस्टर सिटी घरेलु मैदानमा लेस्टरलाई पराजित गर्दै प्रिमियर लिगमा लगातार दोस्रो जितको खोजीमा हुनेछ ।

सिटीसँग रहिम स्ट्रलिङ, फिल फोडेन, केभिन डि ब्रुयन, रियाद महारेज, फर्नाडिन्हो, रोड्री, बेन्जामिन मेन्डी, नाथन एके, केल वाल्कर, जोन स्टोन्स र गोलरक्षकमा इडर्सन मोराइस रहनेछन् । फरवार्ड ग्याब्रिएल जेसस र सर्जियो अगुएरो नहुँदा सिटी ठूलो संकटमा रहेको छ ।

यता, लेस्टर सिटी पनि घरेलु टोलीलाई स्तब्ध पार्दै ३ अंकको खोजीमा मैदानमा उत्रनेछ । जेमी भार्डी नै टोलीका लागि मुख्य हतियार हुनेछन् । उनलाई हार्भी बार्न्स, डेनिस प्राएट, एयोजी पेरेज, जेम्स जस्टिन, टिमोथी कास्टाग्ने, जोनी इभान्स र गोलरक्षक कास्पर स्माइकलले साथ दिनेछन् ।

लेस्टरको दुई खेलबाट ६ अंक रहेको छ । सिटीको एक खेलबाट ३ अंक छ । यि दुई टोलीको १७ भेटमा सिटीले १० खेल आफ्नो पक्षमा पारेको छ । लेस्टरले ३ खेल आफ्नो बनाउँदा ४ खेल बराबरीमा टुंगिएको छ ।

पछिल्लो तीन खेलमा सिटीले लेस्टरसँग हार बेहोरेको छैन । लेस्टरले पछिल्लोपटक २०१८ डिसेम्बरमा सिटिविरुद्ध प्रिमियर लिगमा २–१ को जित निकालेको थियो ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.