default_image

5 years ago

September 27, 2020

बायर्न म्युनिख ४-१ ले पराजित

191 views

0 Bookmark

एजेन्सी – गत सिजन च्याम्पियन्स लिगसहित तीन उपाधि जित्दै युरोपेली फुटबलमा तहल्का मच्चाएको बायर्न म्युनिखले सिजनको पहिलो खेलमा होफेनहाइमसँग ४-१ को लज्जास्पद हार बेहोरेको छ ।

लिगको पहिलो खेलमा साल्केविरुद्ध ८-० को जित दर्ता गरेको बायर्नले दोस्रो खेलमा पनि बलियो टोली नै उतारेको थियो । तर घरेलु टोली होफेनहाइमले बल पोसेसनमा पछाडी परेपनि आफूले पाएको अवसरलाई सदुपयोग गर्दै बायर्नलाई खेलमा पकड जमाउन दिएन । खेलको १६ औं मिनेटमा नै होफेनहाइमले एर्मिन बिकाक्चिचको गोलमा अग्रता लिएको थियो । डेनिस गेइगरको क्रसमा बिकाक्चिचको हेडर गोलमा परिणत भएको थियो ।

२४ औं मिनेटमा होफेनहाइमले अग्रता दोब्बर पार्यो । मुनास डाब्बरले पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहारलाई गोलरक्षक म्यानुएल नोएरले बचाउन सकेनन् । ३६ औं मिनेटमा बायर्नले गोल फर्काउँदै खेलमा फर्कने संकेत गर्यो । थोमस मुलरको पासमा जोशुवा किमिचले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार टप कर्नरमा गोल भएको थियो ।

दोस्रो हाफमा बायर्नले आक्रमणमा खेलाडी थपेपनि खेलमा फर्कन भने सकेन । ७७ औं मिनेटमा घरेलु टोलीले गोल गर्दै दुई गोलको अग्रता पुन: स्थापना गर्यो । आन्द्रे क्रामरीचले इल्हस बेबोको पासमा गोल गर्दै ३-१ को स्कोर बनाए ।

इन्ज्युरी समयमा होफेनहाइमले अग्रता बढाउने अर्को अवसर पायो । म्यानुएल नोएरले बेबोलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि रेफ्रीले पेनाल्टी दिए । उक्त पेनाल्टीलाई क्रामरीचले गोल गर्दै होफेनहाइमको फराकिलो जित पक्का गरे ।

यस जितसँगै होफेनहाइम अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । टोलीले २ खेलमा ६ अंक जोडेको छ । बायर्न भने ३ अंकसाथ छैटौं स्थानमा छ । अघिल्लो दिन डर्टमुन्डले पनि अग्स्बर्गसँग पराजय भोगेको थियो ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.