5 years ago
September 27, 2020
एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत एटलेटिको म्याड्रिडले ग्रानाडाविरुद्ध फराकिलो जित दर्ता गर्दा टोलीका नयाँ फरवार्ड लुइस सुआरेजले डेब्यु खेलमा नै दुई गोल गरेका छन् । एटलेटिकोले घरेलु मैदानमा ६-१ को जितसँगै नयाँ सिजनको सुखद सुरुवात गर्यो ।

पहिलो खेलमा वैकल्पिक खेलाडीका रुपमा रहेका सुआरेजले अन्तिम २० मिनेट मैदानमा बिताएपनि दुई गोल गर्न सफल रहे । उनी डिएगो कोस्टाको स्थानमा ७० औं मिनेटमा मैदान प्रवेश गरेका थिए । खेल ३-० को स्थितिमा मैदान प्रवेश गरेका सुआरेजले दुई मिनेटमा नै असिस्ट दिएका थिए । उनले अन्त्यतिर दुई गोल थपेपछि टोलीले सानदार जित दर्ता गरेको थियो ।
एटलेटिकोले खेलको नवौं मिनेटमा अग्रता लिएको थियो । एन्जल कोर्रियाको क्रसमा डिएगो कोस्टाले हेडरमार्फत गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । १५ औं मिनेटमा एटलेटिकोले पेनाल्टी प्राप्त गर्यो । दोमिंगो दुआर्टेले जोआओ फेलिक्सलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । तर साउल निगुएजले गरेको पेनाल्टी प्रहारलाई गोलरक्षक रुइ सिल्भाले विफल पारिदिए ।
पहिलो हाफमा १-० ले अघि रहेको एटलेटिकोले दोस्रो हाफमा भने लगातार आक्रमण बुन्दै गोलअन्तर बढाउन सफल रहयो । ४७ औं मिनेटमा एन्जल कोर्रियाले गोल गरे । जोआओ फेलिक्सको पासलाई एन्जलले पेनाल्टी क्षेत्रभित्रबाट गोलमा परिणत गरे । ६५ औं मिनेटमा कोर्रियाकै पासमा फेलिक्सले गोल गर्दै ३-० ले अघि बढाए ।

त्यसपछि मैदान छिरेका सुआरेजको पासमा मार्कस लोरेन्टेले गोल गर्दै स्कोर ४-० को अवस्थामा पुर्याए । आफ्नो गोलमा असिस्ट दिएका सुआरेजलाई लोरेन्टेले डेब्यु गोलको लागि अवसर दिए । उनकै पासमा सुआरेजले ८५ औं मिनेटमा गोल गर्दै खाता खोले । जोर्गे मोलिनाले ८७ औं मिनेटमा स्कोर ५-१ को स्थितमा ल्याए ।
इन्ज्युरी समयको दोस्रो मिनेटमा भिटोलोको पासमा सुआरेजले गरेको प्रहार पोस्टमा लागेर फर्कियो । तर लगत्तै सुआरेजले बायाँ खुट्टाले गरेको प्रहारलाई गोलरक्षकले रोक्न नसक्दा एटलेटिको ६-१ को फराकिलो जित दर्ता गर्न सफल रहयो । अघिल्लो दुवै खेलमा जित दर्ता गरेको ग्रानडा यस हारका बाबजुद दोस्रो स्थानमा छ । एटलेटिको पहिलो खेलमा जितसहित नवौं स्थानमा छ ।
यो पनि :
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]