5 years ago
October 6, 2020
एजेन्सी – इंग्लिस राष्ट्रिय फुटबल टोलीका फरवार्ड ट्यामी अब्राहमको जन्मदिनको पार्टी राष्ट्रिय टोलीका खेलाडीलाई महँगो पर्ने भएको छ ।

फरवार्ड अब्राहमको जन्मदिनको अवसरमा भएको पार्टीमा सहभागी हुँदा अब्राहमसँगै जेडन सान्चो र बेन चिलवेलले वेल्सविरुद्धको खेल गुमाउने भएका छन् । कोभिड – १९ को नियम तोडेका कारण प्रशिक्षक ग्यारेथ साउथगेटले यि तीन खेलाडीलाई टोली बाहिर राखेका हुन् ।
सोमबार राति सेन्ट जर्ज पार्कमा भएको टिम मिटिङमा प्रशिक्षक साउथगेटले खेलाडीहरुलाई महत्त्वपुर्ण अन्तर्राष्ट्रिय खेलअघि आफ्नो जिम्मेवारीबारे सम्झाउँदै मैदानबाहिरको अवस्थाबारे औंल्याएका थिए । साउथगेटले अब्राहम, सान्चो र चिलवेल वेल्सविरुद्धको खेलमा टोलीमा नरहने बताएका छन् । यी खेलाडीलाई नगद जरिवाना हुने सम्भावना समेत रहेको छ ।
यी तीन खेलाडीसहित अन्य टोलीमा नपरेका खेलाडीले शनिबार राति इंग्लयान्ड सरकारको नियम विपरित ट्याम्मी अब्राहमको २३औं जन्मदिन मनाएका थिए । इंग्ल्यान्डमा हाल ६ जनाभन्दा बढी मानिस एकै ठाउँमा रहेर कार्यक्रम गर्न प्रतिबन्ध लगाइएको छ । तर अब्राहमको जन्मदिनमा यी खेलाडीसहित अन्य व्यक्तिहरु समेत रहेको भिडियो बाहिरिएको थियो ।
इंग्ल्यान्ड एफएले हाललाई तीन खेलाडी वेल्ससँगको खेलका लागि अनुपस्थित रहने पक्का गरेको छ । बाँकी नेसन्स लिगका खेलबारे भने केहि दिनमा निर्णय हुनेछ । इंग्ल्यान्डले यसअघि रहिम स्टर्लिङ चोटका कारण उपस्थित नहुने भएपछि चेल्सीका रिस जेम्सलाई टोलीमा समेटेको थियो ।
इंग्ल्यान्डले बिहीबार राति वेल्ससँग प्रतिस्पर्धा गर्दैछ । त्यसपछि इंग्ल्यान्डले नेसन्स लिगमा बेल्जियम र डेनमार्कसँग प्रतिस्पर्धा गर्दैछ ।
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]
December 20, 2025
एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]