default_image

5 years ago

October 6, 2020

‘ग्रिजमन बार्सिलोनामा खुसी छैनन्’

149 views

0 Bookmark

एजेन्सी – युरोपियन फुटबलमा अन्तर्राष्ट्रिय विश्राम सुरु भएको छ । बार्सिलोनाका एन्टोइन ग्रिजमन पनि अन्तर्राष्ट्रिय जिम्मेवारीका क्रममा विश्वविजेता फ्रान्सको राष्ट्रिय टोलीमा  छन् ।

यस्तोमा फ्रान्सेली टोलीका प्रशिक्षक डिडिएर डेसच्याम्पसले एट्लेटिको म्याड्रिडका पूर्व फरवार्ड ग्रिजमन बार्सिलोनामा खुसी नरहेको बताएका छन् । काटलान क्लबमा पहिलो सिजनमा ग्रिजमनले प्रभाव जमाउन सकेनन् । नयाँ सिजनका तीन खेलमा पनि बार्सिलोनामा उनी खासै जम्न सकेका छैनन्, जसरी उनले एट्लेटिकोमा आफुलाई प्रस्तुत गर्थे ।

‘बार्सिलोनको अहिलेको अवस्थामा उनी खुसी छैनन् भन्नेमा म प्रष्ट छु । यदि उनले सार्वजनिक रुपमा त्यो भने भने रोनाल्ड कोम्यानलाई सुन्न राम्रो नलाग्ला,’ डेसच्याम्पसले भने,’ बार्सिलोनमा के भइरहेको छ त्यसमा म टिप्पणी गर्न चाहन्न । तर ग्रिजमनलाई किन राइट विङ्स्मा खेलाइएको छ मैले बुझेको छैन । किन उनलाई सेन्टरमा खेलाइएको छैन ?’

डेसच्याम्पसले भने लामो समयदेखि ग्रिजमनलाई सेकेन्ड फरवार्डका रुपमा प्रयोग गर्दै आइरहेका छन् । ओलिभर जिर्रोड वा केलियन एमबाप्पेको पछाडि बसेर ग्रिजमनले टोलीलाई सघाइरहेका हुन्छन् । खेलाडीको विकल्प धेरै हुँदा पनि डेसच्याम्पसले ग्रिजमनलाई सेन्टरमा खेलाउँछन् ।

पहिलो रोजाइमा रहेर पनि ग्रिजमनले यो सिजन सामान्य प्रदर्शन गरेका थिए । २ वटा मौका पाउनका वावजुद ग्रिजमनले गोल गर्न नसकेको खेलमा बार्सिलोनाले सेभिल्लासँग १–१ को बराबरी खेलेको थियो । बार्सिलोनाका प्रशिक्षक कोम्यानले पनि ग्रिजमन जस्तो स्तरीय खेलाडीले त्यस्तो २ मौकामा कम्तिमा १ गोल गर्नेपर्ने बताएका थिए ।

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

December 20, 2025

बोलोग्ना इटालियन सुपर कपको फाइनलमा

एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

Success

Thank you for your time.