default_image

5 years ago

October 17, 2020

बेन्जेमाको रहस्यपूर्ण सन्देश

171 views

0 Bookmark

एजेन्सी – रियल म्याड्रिडका फरवार्ड करिम बेन्जेमाले पछिल्लो ५ फ्रान्सेली राष्ट्रिय फुटबल टोलीको जर्सी लगाउने मौका पाएका छैनन् ।

भर्खरै सम्पन्न अन्तर्राष्ट्रिय खेलहरुको पृष्ठभूमीमा बेन्जेमाले सामाजिक सञ्जालमार्फत रहस्यमय सन्देश दिएका छन् । माथिउ भाल्बुएना र बेन्जेमा सहभागी विषय अदालतमा पुगेदेखि बेन्जेमा फ्रान्सेली टोलीबाट बाहिर छन् । बेन्जेमाले त्यसबेला राष्ट्रिय टोलीमा रहेका भाल्बुएनाको अश्लिल भिडियो सार्वजनिक गरेको आरोप लागेको थियो । उनले विश्वकपमा समेत खेल्न पाएका थिएनन् ।

फ्रान्सेली फुटबल महासंघ (एफएफएफ) ले उनलाई किन टोलीमा सामेश गरिदैन भन्ने हालसम्म प्रष्ट पारेको छैन । यद्दपी रियलको हरेक सफलतामा बेन्जेमाको भूमिका महत्त्वपूर्ण रहँदै आएको छ ।
बेन्जेमाको विषयमा जनतामा पनि अलग अलग विचार रहने गरेको छ ।

कतिपय बेन्जेमाको समर्थनमा देखिन्छन् । कतिले भने एफएफएफ र त्यसका अध्यक्ष नोल ल ग्रेटले लिएको निर्णयलाई सहि मानेका छन् । सन् २००७ देखि फ्रान्सेली टोलीबाट खेल्दा बेन्जेमाले ८१ खेलमा २७ गोल गरेका थिए ।

अन्तर्राष्ट्रिय फुटबलका लागि फ्रान्सेली प्रशिक्षक डिडिएर डेसच्याम्पसले टोलीको घोषणा गर्दा बेन्जेमा सामेल रहेका छैनन् । टोली घोषणापछि बेन्जेमाले ट्विट गरेका थिए, ‘जब अरुले घृणा गर्छन्, म मुस्कुराउँछु मात्रै ।’

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.