default_image

4 years ago

October 11, 2020

इंग्ल्यान्ड र बेल्जियमको शीर्षता होड

एजेन्सी – युइएफए नेसन्स लिगको तेस्रो राउन्डको खेलमा आज (आइतबार) राति विभिन्न २० खेलमा प्रतिस्पर्धा हुदैछ । लिग ‘ए’ ४ मा रहेको इंग्ल्यान्डले घरेलु मैदानमा बेल्जियमको आतिथ्यता गर्दैछ । खेल वेम्बली स्टेडियममा नेपाली समयअनुसार राति ९ः४५ बजे हुनेछ । घरेलु मैदानमा बेल्जियमलाई पराजि गर्दै इंग्ल्यान्ड अंक तालिकामा शीर्षस्थानमा उक्लने दाँउमा हुनेछ । अपराजित बेल्जियको २ […]

67 views

0 Bookmark

एजेन्सी – युइएफए नेसन्स लिगको तेस्रो राउन्डको खेलमा आज (आइतबार) राति विभिन्न २० खेलमा प्रतिस्पर्धा हुदैछ । लिग ‘ए’ ४ मा रहेको इंग्ल्यान्डले घरेलु मैदानमा बेल्जियमको आतिथ्यता गर्दैछ ।

खेल वेम्बली स्टेडियममा नेपाली समयअनुसार राति ९ः४५ बजे हुनेछ । घरेलु मैदानमा बेल्जियमलाई पराजि गर्दै इंग्ल्यान्ड अंक तालिकामा शीर्षस्थानमा उक्लने दाँउमा हुनेछ । अपराजित बेल्जियको २ खेलबाट ६ अंक रहँदा अपराजित नै रहेको इंग्ल्यान्डको ४ अंक रहेको छ ।

बेल्जियमलाई हराउन सके इंग्ल्यान्ड १ अंकले शीर्षस्थानमा उक्लनेछ । बराबरी या हारले इंग्ल्यान्ड दोस्रो स्थानमै रहने सम्भावना छ । मैत्रीपुर्ण खेलमा प्रतिबन्धमा परेका जाडोन सान्चो, ट्याम्मी अब्राहम र बेन चिलवेलले बेल्जियमविरुद्धको खेलमा टोलीमा समेटिएका छन् ।

यसबाहेक इंग्ल्यान्डसँग अनुभवी ह्यारी केनसँगै नयाँ खेलाडी डोमिनिक काल्भर्ट लेविन र ज्याक ग्रेयलिसको साथ छ । यि दुई खेलाडीले वेल्सविरुद्धको मैत्रीपुर्ण खेलमा ३–० को जित निकाल्दा उच्च प्रदर्शन गरेका थिए ।

ह्यारी केन र रहिम स्ट्रलिङले खेल्ने सम्भावना न्यून रहँदा काइरन ट्रिपिएर, ड्यानी इंग्स, ह्यारी विङ्स, काल्भिन फिलिप्स, रिस जेम्स, जोसेप गोमेज, केएल वाल्कर, डिक्लन राइस, माइकल किन, इरिक डाएर, ट्रेन्ट एलेक्सान्डर अर्नाेल्ड, जोर्डन हेन्डससन र मासन माउन्टलगायतका खेलाडी इंग्ल्यान्डसँग छ । गोलपोस्ट जोर्डन पिकफोर्डले नै सम्हाल्ने सम्भावना छ ।

यता, स्टार खेलाडीले भरिएको बेल्जियम पनि घरेलु टोलीलाई पराजित गर्दै अंक तालिकामा शीर्षस्थान यथावत राख्ने दाउमा हुनेछ । चोटका कारण इडेन हाजार्ड र सामान्य इन्ज्युरीका कारण गोलरक्षक थिवाउट कोर्टुवाले खेल्ने सम्भावना न्युन रहँदा सिमोन मिग्नोलेटले बेल्जियमको गोल पोस्ट सम्हाल्ने सम्भावना छ ।

स्टार खेलाडीले भरिएको बेल्जियमसँग रोमेलु लुकाकु, केभिन डि ब्रुयन, जेरोमी डोकु, लियान्द्रो ट्रोससार्ड, टिमोथी कास्टाग्ने, एक्सेल विस्टेल, थोमस म्युनियर, मिचे बात्सुयाई, डिभोक ओरिगी र क्रिस्टियन बेन्टेकेजस्ता खेलाडीको साथ छ ।

यि दुई टोलीको पछिल्लो तीन खेलको नतिजा हेर्दा बेल्जियमले दुई खेल आफ्नो पक्षमा पार्दा एक खेल इंग्ल्यान्डले जितेको छ । २०१८ मा भएको रसिया विश्वकपको तेस्रो स्थानको लागि प्रतिस्पर्धा गर्दा बेल्जियम २–० ले विजयी भएको थियो ।

त्यसअघि सोही विश्वकपको समूह चरणमा पनि बेल्जियम १–० ले विजयी भएको थियो । इंग्ल्यान्डले २०१२ मा भएको मैत्रीपुर्ण खेलमा १–० को जित निकालेको थियो ।

यही लिग ‘ए’ ४ को अर्काे खेलमा आइसल्यान्ड र डेनमार्कबीच राति १२ः३० बजे प्रतिस्पर्धा हुदैछ । १ अंकसहित डेनमार्क तेस्रो तथा अंक विहीन आइसल्यान्ड पुछारमा छ ।

अन्य खेल

लिग ‘ए’ ग्रुप – १ : बोस्निया एन्ड हर्जगोभिनाविरुद्ध नेदरल्यान्ड्स (राति ९ः४५ बजे), पोल्यान्डविरुद्ध इटाली (राति १२ः३० बजे)

लिग ‘ए’ ग्रुप – २ : इंग्ल्यान्डविरुद्ध बेल्जियम (राति ९ः४५ बजे), आइसल्यान्डविरुद्ध डेनमार्क (राति १२ः३० बजे)

लिग ‘ए’ ग्रुप – ३: क्रोएसियाविरुद्ध स्वीडेन (राति ९ः४५ बजे), फ्रान्सविरुद्ध पोर्चुगल (राति १२ः३० बजे)

लिग ‘बी’ – १: नर्वेविरुद्ध रोमानिया (राति ९ः४५ बजे), नर्दन आयरल्यान्डविरुद्ध अष्ट्रिया (राति १२ः३० बजे)

लिग ‘बी’ – २ : इजरायलविरुद्ध चेक रिपब्लिक (राति १२ः३० बजे), स्कटल्यान्डविरुद्ध स्लोभाकिया (राति १२ः३० बजे)

लिग ‘बी’ – ३: रसियाविरुद्ध टर्की (राति १२ः३० बजे), सर्वियाविरुद्ध हंगेरी (राति १२ः३० बजे)

लिग ‘बी’ – ४ : आयरल्यान्डविरुद्ध वेल्स (साँझ ६ः४५ बजे), फिनल्यान्डविरुद्ध बुल्गेरिया (राति ९ः४५ बजे)

लिग ‘सी’ –२ : अर्मेनियाविरुद्ध जर्जिया (राति ९ः४५ बजे), इस्टोनियाविरुद्ध नर्थ म्यासेडोनिया (राति ९ः४५ बजे)

लिग ‘सी’ –३ : ग्रीसविरुद्ध माल्दोभा (राति १२ः३० बजे), कोसोभोविरुद्ध स्लोभेनिया (राति १२ः३० बजे)

लिग ‘सी’ – ४ : काजकस्तानविरुद्ध अल्वानिया (राति ६ः४५ बजे), लिथुआनियाविरुद्ध बेलारुस (राति ९ः४५ बजे)

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.