default_image

5 years ago

October 14, 2020

रोनाल्डोविनाको पोर्चुगल स्वीडेनसँग खेल्दै

142 views

0 Bookmark

एजेन्सी – युइएफए नेसन्स लिगको समूह चरणको चौथो राउन्डको खेलमा लिग ‘ए’ ३ को शीर्षस्थानमा रहेको पोर्चुगलले घरेलु मैदानमा स्वीडेनको आतिथ्यता गर्दैछ ।

खेल लिसवोआ रंगशालामा नेपालीसमयअनुसार राति १२ः३० बजे हुने छ । नेसन्स लिगको पहिलो संस्करणको च्याम्पियन समेत रहेको पोर्चुगल स्वीडेनलाई हराउदै शीर्षस्थान थप पकड बनाउने योजनामा हुनेछ । नेसन्स लिगको तेस्रो चरणको खेल सकिदा पोर्चुगल ७ अंक जोडेर शीर्षस्थानमा रहेको छ । समान ७ अंक नै रहेपनि फ्रान्स गोलअन्तरमा दोस्रो स्थानमा छ । क्रोएसियाले ३ तथा स्वीडेनले अंक जोड्न सकेको छैन ।

तर स्वीडेनविरुद्ध कीर्तिमानी गोलकर्ता तथा कप्तान क्रिस्टियानो रोनाल्डो टोलीमा हुनेछैनन् । रोनाल्डोलाई मंगलबार मात्रै कोरोना संक्रमण पुष्टि भएसँगै उनी सेल्फ आइसोलेसनमा बसिसकेका छन् । टोलीले प्रशिक्षण गरिरहँदा उनले भने बरन्डामा बसेर टोलीको प्रशिक्षण नियालिरहेका थिए ।
रोनाल्डो नभएपनि टोलीसँग प्रतिभावान खेलाडीहरुको बाहुल्यता रहेको छ ।

अग्रपङ्तिमा जोआओ फेलिक्स, बर्नाडो सिल्भा, आन्द्रे सिल्भा, डिएगो जोटा र रेनाटो सान्चेज रहनेछन् । मिडफिल्डमा ब्रुनो फर्नान्डेससँगै विलियम कार्भाल्हो, ड्यानियल पेरेइरा, ट्रिन्काओ र जोओ मौटिन्हो रहनेछन् । डिफेन्समा राफयल गुरेरो, पेपे, रुवेन नेभेस, जोओ क्यान्सिलो रहँदा पोर्चुगलको गोलपोस्ट रुई प्याट्रिसियोले सम्हाल्नेछन् ।

यता, स्वीडेन पनि अनुभवी तथा भेट्रान फरवार्ड रोनाल्डो नरहेको फाइदा उठाउदै नेसन्स लिगमा पहिलो जित दर्ता गर्ने लक्ष्यमा हुनेछ । गत महिना पोर्चुगलले स्वीडेनलाई उसकै मैदानमा २–० ले पराजित गर्दा दुवै गोल रोनाल्डोले गरेका थिए ।

स्वीडेनसँग मार्कुस वर्ग, एलेक्सान्डर इसाक, इमिल फोर्सवर्ग, क्रिस्टोफोर ओल्ससन, भिक्टोर निल्सन लिन्डेलफ र गोलरक्षक रोविन ओल्सेन रहनेछन् । यि दुई टोली पाँचौपटक भिड्न लागेका हुन् । तीन खेल पोर्चुगलले आफ्नो पक्षमा पार्दा एक खेल स्वीडेनले जितेको छ ।

यो पनि : रोनाल्डो बरन्डामा, बाँकी अभ्यासमा

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

December 20, 2025

एपिएफलाई घरेलु मैदानमा अन्तर्राष्ट्रिय उपाधि जित्ने मौका

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका‌ लागि भिड्दै […]

Success

Thank you for your time.