default_image

5 years ago

October 16, 2020

बार्सिलोना र ब्राजिलमा काउटिन्होको प्रभाव

197 views

0 Bookmark

एजेन्सी – फिलिपे काउटिन्होले नयाँ सिजनमा दमदार सुरुवात गरेका छन् । बार्सिलोना र ब्राजिलको प्रदर्शनमा उनको उपस्थितिले ठूलो प्रभाव पारेको छ ।

जर्मन क्लब बायर्न म्युनिखमा लोनमा एक सिजन बिताएर काउटिन्हो यो वर्ष बार्सिलोना फर्केका थिए । बायर्नबाट फर्केयता उनले क्याप नोउमा फरक छवि बनाएका छन् । ‘म स्पेन फर्केपछि सकारात्मक रुपमा अगाडि बढ्न चाहन्छु ,’ काउटिन्होले केहि दिनअघि भनेका थिए, ‘म सबै खाले मौका लिन चाहन्छु । जुन मैले बार्सिलोना र राष्ट्रिय टोलीमा पाइरहेको छु ।’

यो सिजन उनले ५ खेल खेलिसकेका छन् । सबैमा उनीको उपस्थिति अर्थपूर्ण रहँदै आएको छ । क्याटलानबाट ३ खेल खेलेका उनले ब्राजिलका लागि २ खेल खेलेका छन् । बार्सिलोना प्रशिक्षक रोनाल्ड कोम्यानले उनलाई टोलीको महत्वपूर्ण सदस्य मध्य एकका रुपमा उनको प्रयोग गरिरहेका छन् ।

लिभपुरपुलबाट बार्सिलोना पुगेको सिजन उनले खासै प्रभाव जमाउन सकेनन् । जसका कारण उनी लोनमा जर्मनी पुग्नु परेको थियो । बार्सिलोनाले १ सय ६० मिलयन युरो लगानी गरेको प्रतिफल सम्भवत यो सिजन पाउने सम्भावना छ । बायर्नमा रहँदा पनि उनले प्रभाव छाड्न सफल भएका थिए । गत सिजन बायर्नको तेहोरो उपाधिमा उनको भूमिका यादगार रह्यो ।

अहिले काउटिन्हो स्वतन्त्रपूर्वक खेलिरहेका छन् । जबकी बार्सिलोनाले उनलाई पनि विक्रीको सूचीमा राखेको थियो । उनले मेहनत गरे र कोम्यानको नजरमा पर्न सफल भए । ३ खेलमा उनले १ गोल गर्नुका साथै २ एसिस्ट गरिसकेका छन् । उनी विपक्षीका लागि खतरनाक बनिरहेका छन् भने एन्टोनी ग्रिजमन, लिओनल मेस्सी र अन्सु फातीलाई सघाई रहेका छन् ।

टिटेको ब्राजिलमा पनि उनले प्रभावशाली प्रदर्शन गरिरहेका छन् । त्यसै कारण सहकर्मीले पनि उनको तारिफ गर्ने गरेका छन् । ‘काउटिन्हो असाधारण छन् । उनी जादुगर हुन् । उनी जे गर्न सक्छन् त्यसमा कसैलाई शंका छैन,’ फरवार्ड रोर्बेटो फेर्मिनोले भनेका छन्, ‘उनी अहिले वास्तविक काउटिन्हो देखिर्एका छन् । उनी जब आफ्नो शैलीमा खेल्छन् तब दबाब मुक्त रहन्छन् । अन्ततः उनी फर्केका छन् ।’

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.