काठमाडौं (हाम्रो खेलकुद) – सातदोबाटो युवा क्लब र नयाँबस्ति युवा क्लबले राजधानीमा जारी शहिद स्मारक ‘बि’ डिभिजन लिग अनितर्गत शुक्रबार भएको खेलमा जित दर्ता गरेका छन्।
जारी लिगमा लिला बहादुर थीपा मगरले नयाँबस्तिको लागि पहिलो गोल गरेका थिए। १७ मिनेटको उनको गोलले नयाँबस्ति अगाडी बढेको थियो।
सातदोबाटोको लागि बराबरी गोल दोश्रो हाफमा मैदान प्रवेश गरेका आशिष लामाले गरेका थिए। उनको ५९औं मिनेटको गोलनै खेलको अन्तिम गोल सावित भयो।