default_image

5 years ago

October 16, 2020

रोनाल्डोले कोरोना प्रोटोकल तोडेको आशंका !

177 views

0 Bookmark

एजेन्सी– इटालीका खेलकुद मन्त्री भिन्सेन्जो स्पाडाफोराले कोरोना संक्रमित भएका सुपर स्टार क्रिस्टियानो रोनाल्डोले कोरोनाको प्रोटेकल तोडेको आशंका गरेका छन् ।

पोर्चुगलमा संक्रमण पोजेटिभ देखिएका रोनाल्डो बुधबार टुरिन फर्केका थिए । रोनाल्डोले कोभिडको प्रोटोकल तोडे जस्तो लाग्छ भन्ने प्रश्नको जवाफमा खेलकुद मन्त्रीले भने, ‘यदि कुनै स्वास्थको आधिकारिक निकायको स्वीकृति विना फर्केका हुन् भने मलाई लाग्छ त्यो प्रोटेकोल तोडेको हुन्छ ।’

युभेन्ट्सका सुपर स्टारलाई सोमबार कोरोना संक्रमण सार्वजनिक भएको थियो । इटालीमा १० दिन मात्र क्वारेन्टिन बस्दा पुग्ने भएकाले उनी चाँडै इटाली फर्केको बताइएको छ । पोर्चुगलमा भने १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने हुन्छ । युभेन्टसले भने रोनाल्डोले स्विकृती लिएको जनाएको छ ।

बार्सिलोनाविरुद्ध हुने च्याम्पियन्स लिगको समूह चरणको खेलका लागि तयार हुन आशाका साथ रोनाल्डो फर्केको अनुमान गरिएको छ । अक्टुबर २८ का लागि युभेन्ट्स र बार्सिलोनाको खेल तय छ ।

रोनाल्डो आफ्नो प्राइभेट जेटमार्फत कासेल्ली एयरपोर्टबाट टुरिन पुगेका हुन् । उनमा कोरोनाको कुनै लक्षण देखिएको छैन । कोरोना पुष्टि भएसँगै उनले घरेलु मैदानमा तय भएको स्वीडेनविरुद्धको नेसन्स लिगको खेल गुमाएका थिए ।

रोनाल्डोले इटालियन सिरी ‘ए’ को क्रोटोनविरुद्धको तथा च्याम्पियन्स लिगको डाइनामो किभविरुद्धको खेल गुमाउने छन् । २१ अक्टोबरसम्म उनी कोरोनामुक्त भए बार्सिलोनाविरुद्ध उत्रन पाउनेछन् । त्यो अवस्थामा रोनाल्डो लामो समयपछि अर्जेन्टिनी तथा बार्सिलोनाका सुपर स्टार लिओनल मेस्सीविरुद्ध खेल्नका लागि उपलब्ध हुन सक्छन् ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.