default_image

4 years ago

October 16, 2020

डेब्युमै मोटिङ चम्कदा बायर्नको सानदार जित

एजेन्सी – डेब्यु खेलमै इरिक म्याक्सिम चुपो मोटिङले दुई गोल र अर्काे गोलमा पनि सहभागी भएपछि बायर्न म्युनिखले डिएफबी पोकलको पहिलो राउन्डमा सहज जित हात पारेको छ । एलिएन्ज एरिनामा बिहीबार राति भएको खेलमा डिफेन्डिङ च्याम्पियनसमेत रहेको बायर्नले पाँचौ श्रेणीको डुरेनमाथि ३–० को सानदार जित हात पारेको हो । अर्काे एक गोल थोमस मुलरले गरेका […]

45 views

0 Bookmark

एजेन्सी – डेब्यु खेलमै इरिक म्याक्सिम चुपो मोटिङले दुई गोल र अर्काे गोलमा पनि सहभागी भएपछि बायर्न म्युनिखले डिएफबी पोकलको पहिलो राउन्डमा सहज जित हात पारेको छ ।

एलिएन्ज एरिनामा बिहीबार राति भएको खेलमा डिफेन्डिङ च्याम्पियनसमेत रहेको बायर्नले पाँचौ श्रेणीको डुरेनमाथि ३–० को सानदार जित हात पारेको हो । अर्काे एक गोल थोमस मुलरले गरेका थिए ।

३१ वर्षीय क्यामरुनी फरवार्ड यसै समरमा फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) बाट बायर्न फ्रि एजेन्टमार्फत आएका थिए ।

अन्तर्राष्ट्रिय विश्रामका कारण बायर्नका प्रशिक्षक हान्सी फ्लिकले टोलीमा ब्यापक परिवर्तन गरेर खेलाउनु परेको थियो । तर पाँचौ श्रेणीको टोलीविरुद्ध बायर्नको दोस्रो रोजाईका टोलीले जित निकाल्न खासै संघर्ष गर्नुपरेन ।

खेलको दोस्रो मिनेटमा नै डुरेनले गोलको सुन्दर अवसर खेर फालेको थियो । पाँचौ मिनेटमा बायर्नका डगलस कोस्टाको फ्रिकिकमा जेभियर मार्टिनेजको हेडर पोस्टबाट थोरै बाहिरिएको थियो । १८औं मिनेटमा मोटिङले गोलको सुवर्ण अवसर खेर पाल्दा बायर्न अग्रता लिनबाट चुकेको थियो ।

२४औं मिनेटमा बोउन सारको पासमा मोटिङले गोल गर्दै बायर्नलाई अग्रता दिलाए । ३३औं मिनेटमा बेकरको भली प्रहार क्रसबारमा लागेर बाहिरिदा डुरेन बराबरीबाट चुकेको थियो । ३६औं मिनेटमा थोमस मुलरले पेनाल्टीमार्फत गोल गर्दै बायर्नको अग्रता दोब्बर बनायो ।

पेनाल्टी बक्समा मोटिङलाई सोविचले फल गरेपछि रेफ्रीले बायर्नलाई पेनाल्टी दिएको थियो । पहिलो हाफको इन्ज्युरी समयमा डगलस कोस्टाको प्रहारलाई डुरेनका गोलरक्षक ज्याकमुथले उत्कृष्ट बचाउ गरे ।

६३औं मिनेटमा मोटिङको प्रहारमा गोलरक्षक नै बाधक बने । ७५औं मिनेटमा मोटिङले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरेपछि बायर्न खेलमा ३–० ले अघि बढ्यो ।

८६औं मिनेटमा मार्टिनेजको प्रहार पोस्टमा लागेर फर्कियो । पाँचौ श्रेणीको क्लबविरुद्ध ७२ प्रशिशत बल पोजेसन राखेको बायर्नले बारम्बार डुरेनको पोस्टमा धावा बोल्दा गोलरक्षक ज्याकमुथ निकै व्यस्त बनेका थिए ।

डुरेनविरुद्ध बायर्नले थोमस मुलर, मोटिङ, डगलस कोस्टा, जमल मुसिएला, मार्क रोका, जेभियर मार्टिनेज, अलफन्सो डाभिस, जेरोमी बोएटिङ, निकलस सुल, बोउन सार र गोलरक्षक एलेक्सान्डर नुवेललाई उतारेको थियो । अन्तर्राष्ट्रिय ब्रेकपछि शीर्ष खेलाडीहरु क्लब फर्कने क्रममा रहेको छ ।

April 23, 2024

आदर्श च्यालेन्ज कप – आदर्श र ध्रुवताराबीच उद्घाटन खेल हुने

हिमाल खरेल, मेचीनगरझापाको बुद्धशान्तिमा शनिबार सुरु हुने तेस्रो आदर्श च्यालेन्ज कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । खेल मैदान बुद्ध आदर्श माविको सभाहलमा आज भएको पत्रकार सम्मेलनमा खेल तालिका सार्वजनिक भएको हो । खेल तालिकाअनुसार उद्घाटन खेलमा आयोजक आदर्श युवा क्लबले दमकको ध्रुवतारा स्पोर्टिङ क्लबको सामना गर्नेछ । त्यस्तै, दोस्रो खेल आइतबार बिर्तामोड […]

April 23, 2024

बेलिङहमले जिते ब्रेकथ्रु अवार्ड

एजेन्सी – इङ्ल्यान्ड तथा स्पेनिस क्लब रियल म्याड्रिडका युवा मिडफिल्डर जुड बेलिङहमले अवार्ड जितेका छन् । बेलिङहमले सन् २०२४ को लौरेस वल्ड स्पोर्ट्स ब्रेकथ्रु अफ द इयर अवार्ड जितेका हुन् । गत समरमा जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट ८९ मिलियन पाउण्डमा रियल आएका २० वर्षीय बेलिङहम क्लबका लागि महत्वपूर्ण खेलाडी बनेका छन् । उनले आइतबार एल […]

April 23, 2024

इन्टर मिलान सिरी ‘ए’ च्याम्पियन

एजेन्सी – मिलान डर्वीमा शहरी प्रतिद्धन्द्धी एसी मिलानलाई पराजित गर्दै इन्टर मिलान यस सिजन २०२३–२४ को इटालियन सिरी ‘ए’ को च्याम्पियन बनेको छ । मिलानोमा सोमबार राति भएको खेलमा इन्टरले एसी मिलानलाई २–१ ले पराजित गर्दै २०औं पटक सिरी ‘ए’ को च्याम्पियन बन्न सफल भएको हो । इन्टर यो सिजन पाँच खेल अगावै च्याम्पियन बनेको […]

Success

Thank you for your time.