default_image

5 years ago

October 16, 2020

गोल्डेन ब्वाइ : शीर्ष २० मनोनयन सार्वजनिक

164 views

0 Bookmark

एजेन्सी – विश्व फुटबलमा २१ वर्षभन्दा कम उमेरका उत्कृष्ट फुटबल खेलाडीलाई प्रदान गरिने ‘गोल्डेन ब्वाई अवार्ड’को लागि शीर्ष २० खेलाडीको मनोनयन सुची सार्वजनिक गरिएको छ ।

इटालियन संचारमाध्यम टुट्टोस्पोर्ट्सले वर्षेनी प्रदान गर्दै आएको अवार्ड विश्व फुटबलमा प्रतिष्ठित अवार्डमा गनिन्छ । यस अवार्डका लागि युरोपका प्रतिष्ठित संचार माध्यमका पत्रकारहरुले मतदान गर्दै आएका छन् । सन् २००३ देखि सुरु भएको यस अवार्ड युरोपमा खेल्ने उत्कृष्ट युवा खेलाडीलाई प्रदान गरिंदै आएको छ । बिहीबार राति यस संस्करणको अवार्ड पाउन सक्ने २० खेलाडीको मनोनयन सुची सार्वजनिक गरिएको छ ।

यसअघि १ सय खेलाडीको नामावली सार्वजनिक गरेर ६० जनाबाट ४० जनामा झारिएको थियो । अब क्रमशः मनोनयनमा परेका खेलाडी संख्या घटाउँदै लगेर विजेता घोषित गरिनेछ । यस अवार्ड जित्ने खेलाडी भविष्यमा स्टार खेलाडीका रुपमा अगाडी बढ्ने इतिहासले पनि बताउँछ । १७ वर्षअघि पहिलो पटक नेदरल्याण्डका राफेल भान डर भार्टले यो अवार्ड जितेका थिए ।

त्यसपछि वायन रोनी, लियोेनेल मेस्सी, सेस फाब्रिगास, सर्जियो अगुएरोले पनि यो उपाधि जितेका थिए । पछिल्लो समय पल पोग्बा, रहिम स्टर्लिङ, किलियन एमबाप्पे, म्याथिस डी लिग्ट लगायतले यो उपाधि जितेका छन् । यो अवार्डको मनोनयनमा पर्न १ जनवरी २००० पछि जन्मिएका खेलाडी मात्र समावेश हुनेछन् ।

उपाधिको दाबेदारका रुपमा बोरुसिया डर्टमुन्डका जाडन सान्चो र एर्लीङ ब्राउट हालान्डसँगै बायर्न म्युनिखका अल्फोन्सो डेभिस रहेका छन् । गत सिजन यी तीनै खेलाडी शीर्ष २० मा परेपनि एट्लेटिको म्याड्रिडका जोआओ फेलिक्सले उपाधि जितेका थिए ।

शीर्ष २० खेलाडीको नाम सार्वजनिक गरेपछि अब एकै पटक विजेता घोषणा गरिनेछ । यसअघि शीर्ष १ सय हुँदै ६० र ४० खेलाडीको नाम सार्वजनिक गरिएको थियो ।

खेलाडी सुची :

मिचेल बेकर (देश – नेदरल्यान्ड्स, क्लब – पीएसजी, उमेर – २० वर्ष, पोजिसन – लेफ्ट ब्याक, बजार मूल्य – ०.९ मिलियन युरो)

एडुआर्डो कामाभिंगा (देश – फ्रान्स, क्लब – रेनेस, उमेर – १७ वर्ष, पोजिसन – डिफेन्सिभ मिडफिल्डर, बजार मूल्य – ३७.५ मिलियन युरो)

जोनाथन डेविड (देश – क्यानडा, क्लब – लिल, उमेर – २० वर्ष, पोजिसन – आक्रामक मिडफिल्डर, बजार मूल्य – २५ मिलियन युरो)

अल्फोन्सो डेभिस (देश – क्यानाडा, क्लब – बायर्न म्युनिख, उमेर – १९ वर्ष, पोजिसन – लेफ्ट ब्याक, बजार मूल्य – ६० मिलियन युरो)

सर्जिनो डेस्ट (देश – अमेरिका, क्लब – आयाक्स, बार्सिलोना, उमेर – १९ वर्ष, पोजिसन – राइट ब्याक, बजार मूल्य – १८ मिलियन युरो)

फाबियो सिल्भा (देश – पोर्चुगल, क्लब – वल्भ्स, उमेर – १८ वर्ष, पोजिसन – सेन्टर फरवार्ड, बजार मूल्य – १२ मिलियन युरो)

अन्सु फाती (देश – स्पेन, क्लब – बार्सिलोना, उमेर – १७ वर्ष, पोजिसन – लेफ्ट विंगर, बजार मूल्य – ५० मिलियन युरो)

फिल फोडेन (देश – इंग्ल्यान्ड, क्लब – म्यानचेस्टर सिटी, उमेर – २० वर्ष, पोजिसन – सेन्टर मिडफिल्डर, बजार मूल्य – ४० मिलियन युरो)

रायन ग्राभेनबर्च (देश – नेदरल्यान्ड्स, क्लब – आयाक्स, उमेर – १८ वर्ष, पोजिसन – सेन्टर मिडफिल्डर, बजार मूल्य – ११ मिलियन युरो)

मेसन ग्रिनवुड (देश – इंग्ल्यान्ड, क्लब – म्यानचेस्टर युनाइटेड, उमेर – १८ वर्ष, पोजिसन – सेन्टर फरवार्ड, बजार मूल्य – ४५ मिलियन युरो)

एर्लीङ हालान्ड (देश – नर्वे, क्लब – बोरुसिया डर्टमुन्ड, उमेर – २० वर्ष, पोजिसन – सेन्टर फरवार्ड, बजार मूल्य – ७२ मिलियन युरो)

क्यालम हड्सन ओडोइ (देश – इंग्ल्यान्ड, क्लब – चेल्सी, उमेर – १९ वर्ष, पोजिसन – लेफ्ट विंगर, बजार मूल्य – ३१.५ मिलियन युरो)

डेजान कुलुसेभ्सकी (देश – स्विडेन, क्लब – युभेन्टस, उमेर – २० वर्ष, पोजिसन – राइट विंगर, बजार मूल्य – ४० मिलियन युरो)

रोड्रीगो गोएस (देश – ब्राजिल, क्लब – रियल म्याड्रिड, उमेर – १९ वर्ष, पोजिसन – राइट विंगर, बजार मूल्य – ४५ मिलियन युरो)

बुकायो साका (देश – इंग्ल्यान्ड, क्लब – आर्सनल, उमेर – १९ वर्ष, पोजिसन – लेफ्ट विंगर, बजार मूल्य – ३५ मिलियन युरो)

जाडोन सान्चो (देश – इंग्ल्यान्ड, क्लब – बोरुसिया डर्टमुन्ड, उमेर – २० वर्ष, पोजिसन – राइट विंगर, बजार मूल्य – ११७ मिलियन युरो)

डोमिनिक जोबोस्लाई (देश – हंगेरी, क्लब – साल्ज्बर्ग, उमेर – १९ वर्ष, पोजिसन – सेन्टर मिडफिल्ड, बजार मूल्य – २५ मिलियन युरो)

सान्ड्रो टोनाली (देश – इटाली, क्लब – एसी मिलान, उमेर – २० वर्ष, पोजिसन – डिफेन्सिभ मिडफिल्डर, बजार मूल्य – ३२ मिलियन युरो)

फेरान टोरेस (देश – स्पेन, क्लब – म्यान्चेस्टर सिटी, उमेर – २० वर्ष, पोजिसन – राइट विंगर, बजार मूल्य – ४५ मिलियन युरो)

भिनिसियस जुनियर (देश – ब्राजिल, क्लब – रियल म्याड्रिड, उमेर – २० वर्ष, पोजिसन – लेफ्ट विंगर, बजार मूल्य – ४५ मिलियन युरो)

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.