5 years ago
October 16, 2020
एजेन्सी – अन्तर्राष्ट्रिय विश्रामपछि फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानको सातौं चरणमा निम्सको सामना गर्दैछ । खेल नेपाली समयअनुसार राति १२ः४५ बजे निम्समा हुनेछ ।

घरेलु टोली निम्सलाई पराजित गर्दै पीएसजीमा कम्तीमा पनि एक दिनको लागि शीर्षस्थानमा उक्लने योजनामा हुनेछ । निम्सविरुद्ध जित निकाल्न सके चौथो स्थानमा रहेको पीएसजीले रेनेस, लिल र लेन्सलाई पछि पार्नेछ । रेनेस र लिलको १४ अंक रहँदा लेन्सको १३ अंक छ । पीएसजीको १२ अंक छ ।
शुरुवाती दुई खेल गुमाएर त्यसपछि लगातार चारै खेलमा सफलता हात पारेको पीएसजी सोही जितको लयलाई निरन्तरता दिने दाउमा हुनेछ । तर, अन्तर्राष्ट्रिय विश्राममा रहेका स्टार फरवार्ड ब्राजिली नेयमार टोलीमा हुने छैनन् । प्रतिबन्ध र चोटका कारण कप्तान मार्किन्हस टोलीमा हुनेछैन । लेभिन कुर्जावा र एन्जल डि मारिया प्रतिबन्धका कारण टोलीमा हुनेछैन ।
यस्तो अवस्थामा पीएसजीको अग्रपङ्ति पाब्लो साराविया, मोउरो इकार्डी, मार्काे भेराट्टी, राफिन्हा, इड्रिसा गाना गुया, मिचेल बाक्केर, प्रेसनेल किम्पेम्वे, एब्डु डियालो, कोलिन डग्वा, किलियन एमबाप्पे र गोलरक्षक केलर नाभास हुनेछन् ।
यता, निम्स पनि पीएसजीलाई स्तब्ध पार्दै अंक तालिका सुधार गर्ने दाँउमा हुनेछ । निम्स ८ अंकसहित १३औं स्थानमा छ । निम्स पीएसजीको स्टार खेलाडी नभएको फाइदा उठाउने योजनामा हुनेछ । यि दुई टोली तीन पटक प्रतिस्पर्धा गर्दा तीनैपटक पीएसजी विजयी भएको छ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]