5 years ago
October 16, 2020
एजेन्सी – नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले नोभेम्बर दोस्रो सातामा बंगलादेशको राष्ट्रिय टोलीसँग दुई मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार विज्ञप्ति जारि गर्दै मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय खेलकुद परिषद (राखेप) बाट प्रशिक्षणका लागि स्वीकृति समेत प्राप्त गरेको जनाएको छ । राष्ट्रिय टोलीले दशैंपछि प्रशिक्षण सुरु गर्नेछ । दुवै खेल नोभेम्बर ११-१९ को अन्तर्राष्ट्रिय खेल विन्डोमा संचालन हुनेछ ।
यसअघि नेपालले फिफा विश्वकप २०२२ को छनोट चरण अन्तर्गतका खेलका लागि तयारी गर्ने भनेपनि कोरोना संक्रमणका कारण खेल स्थगित भएको थियो । खेल स्थगित भएसँगै एन्फाले प्रशिक्षण तयारी समेत रद्द गरेको थियो । अब मैत्रीपूर्ण खेलका लागि भने एन्फाले टोली घोषणाबारे जानकारी दिएको छैन ।
खेलका लागि बंगलादेशले नै एन्फासमक्ष प्रस्ताव राखेको थियो । दुवै खेल बंगलादेशमा नै हुने तयारी रहेको छ । कोरोना संक्रमणका कारण लामो समयदेखि स्थगित खेल गतिविधि एन्फाको यो कदमसँगै सुचारु हुने आशा गरिएको छ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]