5 years ago
October 16, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड अभिषेक रिजाल सम्मिलित मोहमडन स्पोर्टिङ क्लब भारतीय फुटबलको आइलिगको शीर्ष डिभिजनमा उक्लिएको छ ।

शुक्रबार आइलिग छनोट प्रतियोगितामा लगातार तेस्रो जित दर्ता गर्ने क्रममा भवानीपुर फुटबल क्लबलाई २-० ले पराजित गर्दै मोहमडनले आइलिगमा स्थान पक्का गरेको हो । मोहमडनले ७ वर्षपछि शीर्ष डिभिजन लिगमा पुनरागमन गर्न सफल भयो । मोहमडनको जितमा भन्लाबिया छाङते र गनी निगमले १-१ गोल गरे । नेपाली फरवार्ड अभिषेकले वैकल्पिक खेलाडीका रुपमा अन्तिम १० मिनेट खेलेका थिए ।
मोहमडनले एक खेल बाँकी रहँदै शीर्ष डिभिजनमा स्थान पक्का गर्न सफल भयो । ५ टोली सहभागी प्रतियोगितामा ३ खेलमा ३ जितसहित ९ अंक जोडेपछि टोली शीर्ष स्थानमा रहने पक्का भएको हो । दोस्रो स्थानको भवानीपुरको ६ अंक भएपनि अंक बराबर भएको खण्डमा हेड टु हेडमा मोहमडन अगाडी रहने प्रावधान रहेको छ ।

मोहमडनले पछिल्लो खेलमा अहमदाबाद र्याकेट एकेडेमी फुटबल क्लबलाई ४-१ ले पराजित गर्दा अभिषेकले २ गोल गरेका थिए । उक्त खेलपछि क्लबले मुख्य प्रशिक्षक यान ललाई बर्खास्त गरेको थियो । ल आफूले भने पदबाट राजिनामा दिएको बताएका छन् ।
मोहमडनले अब अन्तिम खेलमा सोमबार बेंगलुरु युनाइटेडको सामना गर्नेछ । शीर्ष डिभिजनमा चढेसँगै अब केहि महिनामा नै सुरु हुने आइलिगमा मोहमडनले प्रतिस्पर्धा गर्न पाउनेछ ।दुई वर्षका लागि सम्झौता गरेका फरवार्ड अभिषेकले पनि शीर्ष डिभिजन लिग खेल्नेछन् ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]