default_image

3 years ago

October 17, 2020

एमबाप्पेको दुई गोल, पीएसजी शीर्षस्थानमा

एजेन्सी – फ्रेन्च फरवार्ड केलियन एमबाप्पेको दुई गोल सहयोगमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले निम्समाथि फराकिलो जित दर्ता गर्दै फ्रेन्च लिग वानको शीर्षस्थानमा उक्लिएको छ । निम्समा शुक्रबार राति भएको खेलमा १० खेलाडीमा समेटिएको घरेलु टोलीमाथि ४–० को सानदार जित हात पार्दै पीएसजी शीर्षस्थानमा उक्लिएको हो । पीएसजीको सहज जितमा एमबाप्पेले दुई गोल गर्दा एलसान्द्रो फ्लोरेन्जी […]

36 views

0 Bookmark

एजेन्सी – फ्रेन्च फरवार्ड केलियन एमबाप्पेको दुई गोल सहयोगमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले निम्समाथि फराकिलो जित दर्ता गर्दै फ्रेन्च लिग वानको शीर्षस्थानमा उक्लिएको छ ।

निम्समा शुक्रबार राति भएको खेलमा १० खेलाडीमा समेटिएको घरेलु टोलीमाथि ४–० को सानदार जित हात पार्दै पीएसजी शीर्षस्थानमा उक्लिएको हो । पीएसजीको सहज जितमा एमबाप्पेले दुई गोल गर्दा एलसान्द्रो फ्लोरेन्जी र पाब्लो सारावियाले समान एक गोल गरे ।

खेलको १२औं मिनेटमा नै घरेलु टोली १० खेलाडीमा समेटिएपछि पीएसजीलाई सहज भएको थियो । लुक लान्ड्रेले राफिन्हामाथि फल गरेपछि रेफ्रीले सिधै रातो कार्ड देखाउदै मैदान बाहिर पठाएको थियो । त्यसको फाइदा पीएसजीले उठाउन सफल भयो ।

२६औं मिनेटमा पीएसजीले पहिलो आक्रमण बुन्दा एमबाप्पे चुके । उनले पाब्लो सारावियाको क्रासमा सिक्स यार्ड बक्सबाट गरेको हेडर पोस्टबाट थोरै बाहिरियो । ३१औं मिनेटमा फ्लोरेन्जीको क्रसमा एन्डर हेरेराको हेडरलाई निम्सका गोलरक्षक बापटिस्टे रेनेटले सुन्दर बचाउ गरे ।

तर ३२औं मिनेटमा एमबाप्पेले गोल गर्दै पीएसजीलाई अग्रता दिलाए । गोलरक्षक केलर नाभासले रिलिज गरेको बललाई राफिन्हाले दिएको पासलाई एमबाप्पेले गोलरक्षक अघि बढेको अवस्थामा खाली पोस्टमा जाली चुमाएका थिए ।

३९औं मिनेटमा मोइस किनको प्रहारमा गोलरक्षक रेनेट नै बाधक बने । ४९औं मिनेटमा एमबाप्पेको प्रहारलाई रेनेटले अर्काे उत्कृष्ट बचाउ गरे । ६७आं मिनेटमा फ्लोरेन्जीको प्रहार पोस्टमा लागेर बाहिरिदा पीएसजी अग्रता दोब्बर पार्नबाट चुक्यो । ७५औं मिनेटमा फ्लोरेन्जीको अर्काे प्रहार पुनः पोस्टमा लाग्दै बाहिरियो ।

त्यसपछि पीएसजीले ११ मिनेटको दौरान तीन गोल गर्दै फराकिलो जित निकाल्न सफल भयो । ७७औं मिनेटमा फ्लोरेन्जीले पाब्लो सारावियाको पासमा गोल गर्दै पीएजसीको अग्रता दोब्बर पारे । ८३औं मिनेटमा सारावियाकै पासमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गरेपछि पीएसजी फराकिलो जिततर्फ अग्रसर बन्यो ।

खेल सकिन दुई मिनेट बाँकी रहँदा कोलिन डग्वाको पासमा पाब्लो सारावियाले गोल गर्दै पीएसजीलाई ४–० को फराकिलो जित दिलाए । लिग वानको पछिल्लो पाँच खेलमा पीएजसीको यो लगातार पाँचौ जित हो । पीएसजीले सुरुवाती दुई खेल गुमाएको थियो ।

जितसँगै पीएसजीको ७ खेलबाट १५ अंक पुगेको छ । समान खेलबाटै रेनेसलेको पनि १५ अंक नै रहेपनि गोलअन्तरमा पीएसजी शीर्षस्थानमा छ । निम्स ८ अंकसहित १३औं स्थानमा छ ।

लिग वानकै अर्काे खेलमा रेनेस डिजोनसँग १–१ गोलको बराबरीमा रोकिदा शीर्षस्थानमा उक्लने अवसर गुमाएको छ । रेनेसले सुरुवाती अग्रता लिएर पनि जोगाउन नसक्दा बराबरीमा रोकिन बाध्य बन्यो ।

रेनेसेका मार्टिन टेरिएरले गोल गर्दा डिजोनका मामा बाल्डेले बराबरी गोल फर्काएका थिए ।
बराबरीसँगै अपराजित रहेको रेनेसको ७ खेलबाट १५ अंक पुगेको छ । डिजोन २ अंक जोडेर पुछारमा छ ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.