default_image

5 years ago

October 17, 2020

चेल्सीलाई साउथह्याम्टनको चुनौती

137 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगको पाँचौ राउन्डको खेलमा लन्डन क्लब चेल्सीले आज राति घरेलु मैदानमा साउथह्याम्टनको सामना गर्दैछ ।

खेल स्टामफोर्ड ब्रिजमा नेपाली समयअनुसार राति ७ः४५ बजे हुनेछ । घरेलु मैदानमा चेल्सी साउथह्याम्टनलाई पराजित गर्दै अंक तालिा सुधार गर्ने योजनामा हुनेछ । चेल्सी ४ खेलबाट ७ अंक जोडेर सातौ स्थानमा रहेको छ ।

चेल्सीले पहिलो रोजाईमा टिमो वेर्नर, काई हाभर्टज, ट्याम्मी अब्राहम, मासन माउन्ट, एङ्गोलो कान्टे, जर्जिन्हो, बेन चिलवेल, थियागो सिल्भा, कुर्ट जोउमा र कप्तान सेसर अज्पिलिक्वेटालाई उतार्न सक्नेछ । चोटका कारण यसै समरमा अनुबन्धित भएका गोलरक्षक इडुआर्ड मेन्डीले साउथह्याम्टनविरुद्धको खेल गुमाउदा केपा एरिजाबालागाले चेल्सीको पोस्ट सम्हाल्ने सम्भावना छ ।

यस्तै चेल्सीसँग हाकिम जियाच, क्यालम हड्सन ओडोई, माटियो कोभासिस, क्रिस्टियन पुलिसिस, ओलिभर जिरुउड, रिस जेम्स र फिकायो टोमरी पनि रहेको छ । जियाचले चोटबाट मुक्त भएपछि अन्तर्राष्ट्रिय ब्रेकमा खेलेका थिए । उनले प्रशिक्षणमा पनि पूर्ण फिट भएको क्लबले जनाएको छ ।

यता, साउथह्याम्टन पनि चेल्सीलाई पराजित गर्दै अंक तालिका सुधार गर्ने दाउमा हुनेछ । साउथह्याम्टन ६ अंकसहित ११औं स्थानमा छ । साउथह्याम्टनसँग चे एडाम्स, ड्यानी इंग्स, जेम्स वार्ड प्रोज, थियो वल्कट र एलेक्स म्याकार्थी टोलीमा हुनेछ ।

यि दुई टोली १८ पटक आमने-समाने हुदा चेल्सी ११ खेलमा विजयी भएको छ । ३ खेल साउथह्याम्टनले जित्दा ४ खेल बराबरीमा सकिएको छ । साउथह्याम्टनले गत डिसेम्वरमा चेल्सीलाई उसकै मैदानमा २–० को जित निकालेको थियो । साउथह्याम्टन सोही जितलाई निरन्तरता दिने दाँउमा रहँदा चेल्सी हारको बदला लिने योजनामा रहनेछ ।

अन्य खेल

एभर्टनविरुद्ध लिभरपुल (साँझ ५ः१५ बजे), म्यानचेस्टर सिटीविरुद्ध आर्सनल (राति १०ः१५ बजे), न्युक्यासलविरुद्ध म्यानचेस्टर युनाइटेड (राति १२ः४५ बजे)

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.