default_image

5 years ago

October 17, 2020

म्यानचेस्टर सिटी र आर्सनल भिड्दै

155 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आज राति म्यानचेस्टर सिटीले घरेलु मैदानमा लन्डन क्लब आर्सनलको आतिथ्यता गर्दैछ । खेल नेपाली समयअनुसार राति १०ः१५ बजे हुनेछ ।

औसतको सुरुवात गरेको सिटी आर्सनललाई पराजित गर्दै जितको लयमा फर्कने दाउमा हुनेछ । सिटीले तीन खेल खेल्दा समान १ जित, बराबरी र हारको नजिता निकालेको छ । आर्सनलविरुद्ध चोटका कारण फरवार्ड सर्जियो अगुइरो र ग्याब्रियल जेसस टोली हुनेछैन । अर्काे फरवार्ड रहिम स्ट्रलिङले खेल्न सम्भावना न्युन छ । केभिन डे ब्रुएना पनि चोटका कारण बाहिर रहने प्रबल सम्भावना छ ।

तर सिटीसँग रियाद महारेज, बर्नाडो सिल्भा, इल्केए गुन्डोगान, रोड्री, फिल फोडेन, बेन्जामिन मेन्डी, रुवेन डियास, काइल वाल्कर, फेरना टोरेस, नाथन एके, फर्नान्डिन्हो, एमेरिक लापोर्ट र गोलरक्षक एडर्सनको साथ रहेको छ । प्रशिक्षक पप गुआर्डीओलाले आफ्नो पूर्व सहायक मिकेल आर्टेटाविरुद्ध जित निकाल्न निकै कसरत गर्नुपर्ने देखिन्छ ।

यता, आर्सनल सिटीलाई उसकै मैदानमा पराजित गर्दै अंक तालिकाको शीर्ष होडमा रहने योजनामा हुनेछ । आर्सनल ४ खेलबाट ९ अंक जोडेर चौथो स्थानमा रहेको छ । अपराजित रहेको आर्सनलका लागि कप्तान पिएरे इमिरिक औवामियाङले खेल्ने सम्भावना न्युन छ ।

विलियन, एलेक्जेन्डर लाकाजेट, बुकायो साका, थोमस पार्टे, ड्यानियल सेबलोस, डेभिड लुइज, हेक्टर बेलेरिन र बर्न्ड लेनोको साथ रहेको छ । थोमसले आज डेब्यु गर्ने प्रबल सम्भावना छ । उनी ट्रान्सफर विन्डोको अन्तिम दिन एटलेटिको म्याड्रिडबाट आएका थिए ।

यि दुई टोलीको पछिल्लो २८ खेलको नतिजामा सिटी १३ खेलमा विजयी हुदा आर्सनलले ९ खेल आफ्नो पक्षमा पारेको छ । ६ खेल बराबरीमा सकिएको छ । आर्सनलले गत जुलाईमा भएको एफए कपमा सिटीलाई २–० ले पराजित गरेको थियो ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.