default_image

5 years ago

October 24, 2020

दबाबका बीच जिदानको दृढता

159 views

0 Bookmark

एजेन्सी – रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदानले आफुलाई भविष्यमा गरिने चर्चाले खासै असर नगर्ने स्पष्ट पारेका छन् । क्याम्प नोउमा बार्सिलोनाविरुद्ध हुने सिजनको पहिलो एल क्लासिकोको अघि जिदानले यस्तो भनाई सार्वजनिक भएको हो ।

विना दर्शक एल क्लासिको शनिबार साँझ नेपाली समय अनुसार ७:४५ मा सुरु हुँदैछ । ला लिगामा काडिज र च्याम्पियन्स लिगमा शाख्तार डोनेक्ससँगको लगातारको हारपछि रियलमाथि दबाब बढेको छ ।

‘उनीहरु मेरो पेशा दबाबमा रहेको बताउँदै आएका छन् । म त्यसलाई अस्वीकार गर्दिन, जिदानले भने,’अघिल्लो वर्षमा भन्दा यसमा के परिवर्तन भएको छ र ? पहिलो प्रशिक्षण कालमा पनि यस्तै थियो । तर यी सब चर्चाका बीच मैले आफ्नो काम गर्ने हो । बाँकी सबै असान्दर्भिक हुन् ।’

काडिज र शाख्तारसँगको हार पछि उनको चर्को आलोचना भइरहेको छ । जसका कारण फ्रान्सेली जिदान भने पछिल्ला दुई खेल हार्नुको कारणका बारेमा स्पष्टिकरण दिने प्रयास गरिरहेका छन् ।

‘हामीले खराब सुरुवात गरयौं । गोल पनि खायौं । त्यसैलाई दिमागमा राख्न गाह्रो हुन्छ । उनी हेर्नसँग खेल्न कठिन भएको थियो । उनीहरु तल्लो क्रमसम्म पनि बलियो थिए,’उनले प्रष्ट पार्ने प्रयास गरे, तर फुटबलमा तल र माथि हुन्छ । हामीले यसलाई स्वीकार गर्नुपर्ने हुन्छ ।’

जिदानले शनिबार हुने खेलमा केन्द्रित हुनेमा जोड दिएका छन् ।’ शनिबारको खेल फरक हो । हामीले अघिल्ला दिनमा के भए तिनलाई बिर्सनुपर्दछ,’ उनले थपे, ‘हामीले परिवर्तनका लागि प्रयास गर्नुपर्ने हुन्छ । विशेषत एल क्लासिकोको विशेष हुन्छ ।’

चोटका कारण कप्तान सर्जियो रामोसले शाख्तारविरुद्धको खेल गुमाएका थिए । तर, शुक्रबार अभ्यासमा फर्केका रामोस एल क्लासिकोमा उपलब्ध हुने आशा गरएको छ । सर्जियो हाम्रो नेता हुन्, कप्तान हुन्। तर हामी कुनै जोखिम उठाउने पक्षमा छैन । उनी चोटमुक्त भएका छन् र हामीसँग छन् । हामीले चाहेको शतप्रतिशत हुन् । उनी लगभग तयार छन्, उनले थपे ।

क्याम्प नोउमा शनिबार दर्शक विना खेल हुनेछ । जिदानले अहिलेको परिस्थितिमा त्यो सम्भव नभएको र त्यसले विगतमा भन्दा फरक माहोल हुने अनुमान गरे ।

‘खाली रंगशालामा हामीलाई थाहा छ कुन स्तरको चुनौतीको सामना गर्दैछौं भन्ने । तर सबै टोलीका लागि उस्तै परिस्थिति छ,’ उनले भने, ‘यो फरक क्लासिको हुनेछन । तर पनि यो क्लासिको हा र त्यो सधै विशेष हुन्छ । राम्रो सुरुवात गर्नु हाम्रो लागि महत्वपुर्ण हुन्छ । किन कि क्लासिको भनेको क्लासिको हो । जस्तो सुकै परिस्थितिमा पनि राम्रो खेल हुनेछ ।’

अहिलेको परिस्थितबाट बाहिर निस्कनका लागि एल क्लासिकोमा सुखद नतिजा निकाल्नु पर्नेमा जिदान दृढ छन् । उनले आशा व्यक्त गरे, ‘हामी राम्रो प्रदर्शनको प्रयास गर्नेछौं ।’ बार्सिलोनाका लागि पनि गत साता सुखद रहेन । बार्सिलोनाले गेटाफेलाई १–० को नजिता सुम्पेको थियो । बार्सिलोना पनि लयमा फर्कने प्रयासका साथ आफ्नो टोलीविरुद्ध उत्रनेमा जिदान सचेत छन् ।

‘उनीहरुका लागि पनि खराब समय रह्यो । तर फुटबलमा फेरि पनि लयमा फर्कन सकिन्छ र त्यसका लागि प्रयास जारी राख्नुपर्ने हुन्छ । राम्रो प्रदर्शन र सकारात्मक सन्देशले धेरै चिजमा परिवर्तन गर्न सकिन्छ,’ उनले भने,’ बार्सिलोना जहिले पनि बलियो छ । उनीहरु प्रतिस्पर्धात्मक खेल्न्छन् । त्यसैले राम्रो खेल्नुपर्ने हुन्छ । उनीहरुले जतिबेला पनि कठिन बनाउन सक्छन् । हामीलाई थाहा छ खेल सहज हुने छैन र त्यहि हाम्रो लागि राम्रो हो ।’

December 21, 2025

पिएसजी फ्रेन्च कपको अन्तिम ३२ मा

एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]

December 21, 2025

रियलको जित, एम्बाप्पेद्वारा रोनाल्डोको कीर्तिमानमा बराबरी

एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]

December 21, 2025

लिभरपुलको जित

एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]

Success

Thank you for your time.