5 years ago
October 24, 2020
एजेन्सी – बार्सिलोना र रियल म्याड्रिडबीच शनिबार हुने विश्व प्रसिद्ध एल क्लासिलको फुटबल इतिहासमै पहिलो पटक विना दर्शक हुँदैछ । खेल नेपाली समयानुसार साँझ ७:४५ बजे सुरु हुनेछ ।

कोरोना भाइरसको महामारी अझै अन्त्य नभएका कारण स्पेनमा माथिल्लो स्तरको फुटबल अहिले पनि बन्द रंगशालामा भइरहेका छन् । त्यसको अर्थ क्लासिको क्याप नोउमा विना दर्शक हुनेछ ।
रियलका खेलाडीले बार्सिलोनाको मैदानमा कहिल्यै पनि न्यानो स्वागत पाउँदैनन् ।
क्याटलानका समर्थकले खेल सुरु हुने अघि देखि खेलका दौरान समेत सिठ्ठी बजाएर हुटिङ गर्ने गर्छन् । यो पटक एल क्लासिको बन्द रंगशालामा शान्तपुर्वक हुनेछ । खेलका दिन केहिलाई मात्र रंगशालामा प्रवेश दिइनेछ । त्यसमा खेलाडी, म्याच अफिसियल, सिमित प्रशिक्षक, डाक्टर, किटम्यान, निर्देशक, पत्रकार र क्लबका कर्मचारीले मात्र त्यहाँ प्रवेश पाउनेछन् ।
क्याटलानको राजनीतिमा क्यापनोउमा दर्शकलाई उपस्थित हुन अनुमति दिने वा नदिने विषय अलग अलग राय रहेका छन् । खेलकुदको मुख्य निकायका सचिव गेरार्ड फिगुइसले डिसेम्बर ८ मा युभेन्ट्ससँग हुने च्याम्पियन्स लिगको खेलका लागि दर्शकका लागि ढोका खुला गरिने बताएका छन् । तर स्वास्थमन्त्री अल्बा भेरेगसले भने सावधानीपूर्वक च्याम्पियन्स लिगका लागि दर्शकसंख्यामा कटौती गर्नुपर्ने बताएका छन् ।
अवे फाइदा होला
बार्सिलोनाका समर्थक विनाको खेलमा रियलले त्यसको फाइदा उठाउन सक्ला ? धेरैमा यस्तो कौतुहलता पनि छ । क्याम्प नोउका ला लिगाका पछिल्ला ४ भ्रमणमा रियलले कुनै खेल जितेको छैन । रियलले बार्सिलोनालाई उसकै मैदानमा सन् २०१६ को एल क्लासिकोमा हराएको थियो ।
क्याम्प नोउमा २०१५ १६ को सिजनमा २–१ ले एल क्लासिको गुमाएको रियलले २०१८-१९ को सुरुवाती एल क्लासिकोमा ५–१ को हार बेहोरेको थियो ।
December 21, 2025
एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]
December 21, 2025
एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]
December 21, 2025
एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]