default_image

4 years ago

October 24, 2020

फुटबलमा ‘कप्तान’ किचलो

सुबास हुमागाईं, काठमाडौं कप्तान अर्थात खेलकुदको कुनैपनि टोलीमा खेलाडीहरुको नेता । मैदान भित्र लिनुपर्ने निर्णयमा कप्तान अग्रपंक्तिमा आउने नै भए, यसबाहेक मैदानबाहिर व्यवस्थापनसँग खेलाडीहरुको प्रतिनिधित्व गर्नेमा पनि कप्तानको भूमिका महत्त्वपूर्ण हुन्छ । खेल अनुसार कप्तानको भूमिका फरक हुन सक्छ । नेपाली राष्ट्रिय फुटबल टोलीमा अहिले कप्तान को भन्ने विषयमा निकै भ्रम रहेको छ । महिल टोली […]

148 views

0 Bookmark

सुबास हुमागाईं, काठमाडौं

कप्तान अर्थात खेलकुदको कुनैपनि टोलीमा खेलाडीहरुको नेता । मैदान भित्र लिनुपर्ने निर्णयमा कप्तान अग्रपंक्तिमा आउने नै भए, यसबाहेक मैदानबाहिर व्यवस्थापनसँग खेलाडीहरुको प्रतिनिधित्व गर्नेमा पनि कप्तानको भूमिका महत्त्वपूर्ण हुन्छ । खेल अनुसार कप्तानको भूमिका फरक हुन सक्छ ।

नेपाली राष्ट्रिय फुटबल टोलीमा अहिले कप्तान को भन्ने विषयमा निकै भ्रम रहेको छ । महिल टोली होस् या पुरुष टोली, पछिल्लो समय कप्तान को भन्ने विषयमा अनेक चर्चा हुँदै आएको छ । त्यसो त कप्तान छनोटलाई लिएर पटक पटक विवाद नभएको होइन, तर एन्फाको सिनियर खेलाडी नै कप्तान बनाउने परम्पराले केहि समस्या भने लामो समयदेखि विवादित रहँदै आएको छ ।

कुनैपनि कप्तानले राजिनामा दिएपछि अथवा सन्न्यास घोषणा गरेपछि उपकप्तानले कप्तानको भूमिका पाउँछन् । नेपालको हकमा कप्तान र उपकप्तान छनोट पनि त्यसै अनुसार गरिन्छ । सिनियर खेलाडीलाई छानेर जिम्मेवारी दिँदा छोटो समयमा नै कप्तान परिवर्तन भइरहने चलन नै रहेको छ । अझ, सिनियर खेलाडी कप्तान बनाउँदा अझ ठूलो समस्या नेपाली फुटबलले भोगेको छ ।

२३ सदस्यीय टोलीमा पर्ने तर सुरुवाती रोजाईमा रोजाइमा नपर्दा कप्तानको भूमिका के भन्ने प्रश्न उठ्दै आएको छ । मैदानभित्र सुरुवाती रोजाइमा नखेल्दा, वैकल्पिक खेलाडीको रुपमा प्रवेश गर्दा होस् या खेल नहुँदा मैदानबाहिर भने जो घोषित कप्तान छन्, उनैले जिम्मेवारी निर्वाह गर्ने हो । कप्तान टोलीमा नै नपरेको अवस्थामा भने उपकप्तानले स्वत: उक्त जिम्मेवारी वहन गर्छन् ।

Anil bharat Biraj

राष्ट्रिय फुटबल टोलीमा विगतमा पनि भोग्दै आएको समस्या यसपटक फेरी दोहोरिएको छ । तर यसपटक समस्या थप जटिल बनेको छ । एन्फा र प्रशिक्षकले सटिक निर्णय लिन नसक्दा यो खेलाडी र एन्फामाझ ठूलो असमझदारी देखिएको छ । अझ कोरोना संक्रमणका कारण बिकराल परिस्थितिमा एन्फा आफैंले खेलाडीमाझ भ्रम छर्ने काम गरेको भान भएको छ ।

राष्ट्रिय पुरुष टोलीको कप्तान विराज महर्जन पछिल्लो समय प्रशिक्षक योहान कालिनको रोजाइमा परेका छैनन् । लगातार केहि प्रतियोगितामा उनीसँगै उपकप्तान भरत खवास पनि टोलीमा उपलब्ध रहेनन् । यस्तो अवस्थामा किरण चेम्जोङले विश्वकप छनोटका केहि खेलमा कार्यवाहक कप्तानको रुपमा टोली सम्हाले ।

विराज, भरत र किरणको अनुपस्थितिमा सुजल श्रेष्ठले समेत म्यानमारविरुद्ध एक खेलमा कप्तानी गरे । उनै सुजल कप्तानको भूमिका निर्वाह गर्दै १३ औं सागमा सिनियर खेलाडी विक्रम लामा र विकेश कुथुसँग टोलीमा रहेका थिए ।

पछिल्लो समय गोलरक्षक किरणले आफू नै राष्ट्रिय टोलीको कप्तान रहेको दावी गर्दै आएका छन्  । भरत खवास टोलीमा फर्कंदा पनि उनी आफैं कप्तान रहेको दावी गर्छन् । सामाजिक संजाल होस् या कुनै औपचारिक कार्यक्रम, उनी आफूलाई कप्तान भन्दै आएका छन् । एन्फाले भने यस विषयमा बोल्न चाहेको छैन । यसले थप भ्रम सिर्जना गरेको छ ।

टोली घोषणा गर्दापनि एन्फाले कप्तानको नाम चयन गर्न छाडेको छ । बिदाइका क्रममा भने टोलीको प्रतिनीधित्व गर्दै कहिले किरण त कहिले सुजल अतिथिबाट झन्डा लिन पुग्छन् । एन्फालाई कप्तान को भन्ने प्रश्न गर्दा भने कुनै जवाफ पाइएको छैन । नयाँ कप्तान नै घोषणा नहुनुले विराज नै कप्तान रहिरहेकोमा दुइमत छैन ।

प्रशिक्षक योहान कालिनले यस विषयमा एन्फाले निर्णय लिनुपर्ने र आफ्नो लागि सबै खेलाडी कप्तानको भूमिका निर्वाह गर्न योग्य रहेको बताएका थिए । खेलाडीबीच नै कप्तान को भन्ने असमन्जस हुँदा निर्णय लिने क्रममा खेलाडीबीच गुटबन्दि नै बढेको आभास हुन थालेको एन्फा स्रोतको बुझाइ छ ।

विगतमा पनि अनिल गुरुङ कप्तान रहेको अवस्थामा लगातार केहि खेलमा जापानी प्रशिक्षक ग्योतोकु कोजीको टोलीमा नै परेनन् । त्यसबेला उपकप्तान विराजले कार्यवहाक कप्तानको रुपमा टोलीमा रहे । जब अनिल टोलीमा फर्किए, त्यसबेला अनिलले नै कप्तानी गरेका थिए । अनिलले फिलिपिन्सविरुद्ध खेलमा कप्तानी गरेर नै संन्यास लिए ।

अनिलपछि विराज महर्जन टोलीको कप्तान घोषित भए । टोलीमा परेपनि पहिलो रोजाइमा विराज नपर्दा उपकप्तान भरत खवासले टोलीको कप्तानी सम्हाले । भरत कप्तान हुँदा किरण पनि टोलीमा नै थिए । सन् २०१८ मा बंगलादेशमा सम्पन्न साफ च्याम्पियनसिपमा विराज दुई खेल बेन्चमा रहँदा भरतले नै टोलीको कप्तानी गरेका थिए । एक खेलमा विराज र अर्को एक खेलमा दुवै कप्तान र उपकप्तान बेन्चमा रहँदा किरणले कप्तानी सम्हालेका थिए ।

अहिलेको अवस्थामा विराजले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास घोषणा गरेका छैनन् । ए डिभिजन लिगमा मछिन्द्रको कप्तानी गर्दै लिग जिताएका उनी राष्ट्रिय टोलीमा फर्केर सुखद बिदाइका लागि प्रतीक्षारत छन् । टोलीमा नपरेपनि एन्फाले अर्को कप्तान घोषणा नगर्दासम्म उनी नै आधिकारीक कप्तान हुन् । विगतमा पनि यस्तो घटना आइरहेको कारण एन्फाले यस्तो परिस्थितिलाई सुल्झाउन छिट्टै उचित कदम चाल्नुपर्छ ।

एन्फाको मौनताले समस्या दिन प्रतिदिन बढ्दै गएको छ । एन्फा आफैं पनि को कप्तान भन्नेमा प्रष्ट छैन । एन्फा महासचिवले किरण सिनियर खेलाडीको रुपमा कप्तान रहेको बताएपनि भरत उपकप्तानको हैसियतले टोलीको नेतृत्व गर्नुपर्ने हो । तर भरतको उपस्थितिमा पनि सुजल श्रेष्ठलाई टोलीको कप्तानी गर्ने जिम्मेवारी दिइएको छ । यसले खेलाडीबीच नै चिसो सम्बन्ध पैदा गर्ने कदम एन्फाले चालेको छ ।

सन् २०१६ मा एएफसी सोलिडारिटी कप जित्दा नेपाली टोलीका कप्तान अनिल गुरुङ थिए । अनिल फाइनलमा मैदान नछिरेका कारण विराज महर्जनले कार्यवाहक कप्तान रहे । तर खेल सकिएपछि समापन समारोहमा विराजले अनिललाई कप्तानको ब्याण्ड नदिँदा उनको चर्को आलोचना भएको थियो । त्यसपछि अन्य खेलमा भने विराजले अनिल वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गर्दा कप्तानी हस्तान्तरण गरेका थिए ।

एन्फाले सिनियर खेलाडीलाई कप्तान बनाउने लामो समयदेखिको परम्परालाई निरन्तरता दिँदै आएको छ । सन् २०१५ मा बेल्जियन प्रशिक्षक प्याट्रिक अजेम्सले सागर थापा निलम्बनमा परेपछि रिक्त रहेको कप्तान पद रोहित चन्दलाई दिने प्रस्ताव राखेका थिए । तर त्यसबेला सिनियर खेलाडीलाई दिइने भन्दै एन्फाले अनिललाई कप्तानी सुम्पिएको थियो । त्यसबेला नै विराज , भरत र रोहित चन्द तीन जना आफ्नो उपकप्तान रहेको अजेम्सले बताएका थिए ।

त्यसपछि सिनियर खेलाडीकै रोल क्रममा विराज कप्तान र भरत उपकप्तान रहे । सिनियर खेलाडी उमेर नभएर राष्ट्रिय टोलीमा डेब्यु गरेको मितिले तोकिने एन्फाको बुझाइ छ । यसले गर्दा टोलीमा कप्तान घोषित हुने खेलाडी आफ्नो करिअरको अन्त्यतिर हुन्छन् र फेरी सोहि समस्या दोहोरिने क्रम बढ्छ । यसलाई तोड्न एन्फाले सिनियर भन्दापनि टोलीमा पकड कायम गर्ने र समन्वय गर्न सक्ने खेलाडीलाई प्रशिक्षकको सिफारिसको आधारमा कप्तान बनाउनुपर्ने देखिन्छ ।

महिला टोलीमा पनि नियमित कप्तान निरु थापाले १३ औं सागपछि सन्न्यास घोषणा गरेकी छिन् । उपकप्तान रहेकी रेनुका नगरकोटेले यसअघि पनि टोलीको नेतृत्व सम्हालिसकेकी छिन् । तर एन्फाले आधिकारिक रुपमा कप्तान र उपकप्तान छनोट गर्नु आवश्यक छ । रेनुकापछि कप्तान को भन्ने प्रश्न र असमन्जसको अवस्था आउन नदिनु नै एन्फाको लागि फाइदाजनक देखिन्छ ।

सामान्यतया अन्तर्राष्ट्रिय फुटबलमा मैदानभित्र ९० मिनेट टोलीलाई नेतृत्व गर्ने मात्र नभएर मैदानबाहिर बाँकी समय जिम्मेवारी वहन गर्न सक्ने खेलाडीलाई नेतृत्व दिईन्छ । सिनियर खेलाडीलाई प्राथमिकतामा राखेपनि कप्तानको जिम्मेवारी वहन गर्न खेलाडीमाझ पनि राम्रो सम्बन्ध हुन जरुरि छ । यसमा खेलाडीको स्तर र उसको स्वभावले पनि ठूलो भूमिका खेल्छ ।

पछिल्लो समय एन्फा र खेलाडीबीच बंगलादेशसँग हुने मैत्रीपूर्ण खेललाई लिएर छलफल चलिरहेको छ । यस विषयमा कोरोनाको बिकराल परिस्थितिले गर्दा यसैपनि एन्फा र खेलाडीहरुबीच समन्वय गर्न कठिन हुन्छ । कप्तानको किचलोले गर्दा यस विषय अझ कठिन बनेको छ । समयमा नै एन्फाले उचित कदम नचालेमा आउने दिनमा निम्तिने दुर्घटना एन्फालाई महँगो पर्न सक्नेछ ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.