default_image

5 years ago

October 24, 2020

बार्सिलोनाको मैदानमा रियल म्याड्रिडको जित

220 views

0 Bookmark

एजेन्सी – स्पेनिस च्याम्पियन रियल म्याड्रिडले ला लिगा अन्तर्गत शनिबार भएको बार्सिलोनाविरुद्ध एल क्लासिकोमा जित हासिल गरेको छ । क्याम्प नोउमा भएको खेलमा रियल ३-१ ले विजयी भएको हो ।

पाहुना टोली रियलले खेलको पाँचौ मिनेटमा नै अग्रता लिएको थियो । युवा मिडफिल्डर फेडे भालभेर्डेले करीम बेन्जेमाको पासलाई पेनाल्टी क्षेत्रभित्र नियन्त्रणमा लिँदै राम्रो फिनिस गरेका थिए । तर घरेलु टोली बार्सिलोनाले केहि मिनेटमा नै खेल बराबरीमा ल्यायो ।

आठौं मिनेटमा युवा विंगर अन्सु फातीले खेल बराबर गरे । जोर्डी अल्बाको लो क्रसलाई फातीले पहिलो टचमा नै गोलमा परिणत गरे । त्यसपछि दुवै टोलीले पाएको अवसर सदुपयोग गर्न नसक्दा पहिलो हाफ १-१ को बराबरीमा सकिएको थियो ।

खेलको ६२ औं मिनेटमा रियलले पुन: अग्रता लियो । रियलका कप्तान सर्जियो रामोसलाई बार्सिलोनाका क्लेमेन्ट लेङलेटले पेनाल्टी क्षेत्रभित्र जर्सी तान्दै लडाएपछि रेफ्रीले भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) को सहायता लिँदै पेनाल्टी दिए । उक्त पेनाल्टीमा रामोसको प्रहारलाई गोलरक्षक नेटोले दिशा ठम्याएपनि रोक्न भने सकेनन् ।

खेलको ७६ औं मिनेटमा मेस्सीको फ्रिकिकमा कोर्टुवाले पन्च गरेको बल पेनाल्टी क्षेत्रभित्र नै खस्दा भारानले क्लियर गरेर खतरा टारेका थिए । लगत्तै मेस्सीको फ्रिकिकले पनि वाल पार गर्न नसक्दा रियलको अग्रता कायम रहयो ।

८५ औं मिनेटमा बार्सिलोनाका गोलरक्षक नेटोले दोहोरो बचाउ गर्दै स्कोर २-१ मा कायम राखे । लुकास भाज्केजको क्रसमा टोनी क्रुसको सुरुवाती प्रहार बचाएका नेटोले रिबाउन्डमा क्रुसकै प्रहार विफल पारे ।

दोहोरो बचाउ गरेको एक मिनेट नबित्दै नेटोले अर्को उत्कृष्ट बचाउ गरे । भाज्केजले पेनाल्टी क्षेत्रभित्र खोसेको बललाई रामोसतर्फ क्रस गरेपछि अनमार्क रहेका रामोसको प्रहारमा नेटोले उत्कृष्ट बचाउ गरे । तर ९० औं मिनेटमा भने नेटो चुक्न पुगे । पेनाल्टी क्षेत्रभित्र उनले सहज बल बचाउन नसक्दा रोड्रीगोले दिएको पासमा लुका मोड्रीचले आफूलाई सम्हाल्दै सहजै गोल गरे ।

यस जितसँगै रियल म्याड्रिड अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ । रियलको ६ खेलमा १३ अंक छ । बार्सिलोना भने ५ खेलमा ७ अंक जोड्दै लिग तालिकाको दशौं स्थानमा रहेको छ ।

December 21, 2025

पिएसजी फ्रेन्च कपको अन्तिम ३२ मा

एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]

December 21, 2025

रियलको जित, एम्बाप्पेद्वारा रोनाल्डोको कीर्तिमानमा बराबरी

एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]

December 21, 2025

लिभरपुलको जित

एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]

Success

Thank you for your time.