9 years ago
September 11, 2016
लिभरपुल (एजेन्सी) – प्रिमियर लिगको साविक विजेता लेस्टरले अर्को हार बेहोरेको छ । टोली गएराती लिभरपुलसँग २–१ ले निराश बनेको हो । रोर्बेटो फिर्मिनोको २ गोलको मद्दतमा लिभरपुलले फराकिलो जित दर्ता गराएको छ । जितसँगै ७ अंकका साथ लिभपुरपुल अंकतालिकाको शीर्षस्थानमा पुगेको छ । टोटेनह्यामले स्टोक सिटीलाई ४–० ले हराउँदा आर्सनलले साउथह्याम्टनलाई २–१ ले निराश पारेको छ ।
म्यानचेस्टर युनाइटेडलाई शनिबार २-१ ले पराजित गर्न सफल म्यानचेस्टर सिटी १२ अंकसहित शीर्षस्थानमा छ भने एक खेल कम खेलेको चेल्सी ९ अंकका साथ दोस्रो स्थानमा छ । युनाइटेड तेस्रो र टोटेनह्याम ८ अंकसहित चौथो स्थानमा छ । समान ७ अंक भएपनि गोलअन्तरमा लिभरपुल पाँचौ र आर्सनल छैटौंमा छ ।

फिर्मिनोले १३ औं मिनेटमा पहिलो गोल खेल सकिन १ मिनेट बाँकी रहँदा टोलीका लागि चौथो गोल गरेका थिए । त्यसअघि ३१ औं मिनेटमा साडियो माने र ५६ औं मिनेटमा एडम लालानाको गोलले लिभरपुल घरेलु मैदानमा उच्च प्रदर्शन गरेको थियो । जेमी भार्डीले पहिलो हाफमा एक गोल फर्काएपनि त्यसपछि लेस्टरले गोल थप्न सकेन र लिगमा दोस्रो हार बेहोर्न बाध्य भयो । ४ खेलमा लेस्टरको ४ अंक छ ।
अन्तिम मिनेटमा सान्टी काजोरोलाको गोलमा गोलमा आर्सनल विजयी भएको थियो । पिटर चेकको आत्मघाती गोलमा साउथह्यामन्टले अग्रता बनाएको खेलमा २९ औं मिनेटमा लाउरेन्ट कोसेन्लीले बराबरी गोल गरेका थिए । हेउग मिन सुनले २ गोल गरेको खेलमा टोनेटह्यामका लागि डेले अलि र ह्यारी केनले समान १ गोल थपेका थिए ।
शनिबारका अन्य खेलमा बोर्नमाउथले वेस्टब्रुमलाई १–०, क्रिस्टल प्यालेसले मिडल्सब्रोलाई २–१ ले वार्टफोर्डले वेस्टह्यामलाई ४–२ ले हरायो भने बुम्लि र हलसिटीले १–१ को बराबरी खेलेका थिए ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]