5 years ago
October 25, 2020
एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार चेल्सी र म्यानचेस्टर युनाइटेडको खेल बराबरीमा टुंगिदा लिभरपुलले सेफिल्ड युनाइटेडमाथि २-१ को जित हासिल गरेको छ ।

साविक विजेता लिभरपुल खेलमा पछि परेपनि पुनरागमन गर्न सफल रहयो । खेलको १३ औं मिनेटमा चोटका कारण बाहिर रहेका भर्जिल भान डाइकको स्थानमा डिफेन्समा खेलिरहेका फाबिन्होले ओलिभर मक्बर्नीलाई लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । भिडियो असिस्टेन्ट रेफ्रीको सहायता लिँदै प्राप्त पेनाल्टीमा सान्डर बर्ग चुकेनन् ।
पहिलो हाफको ४ मिनेट बाँकी रहँदा लिभरपुलले खेल बराबरीमा ल्यायो । साडियो मानेको प्रहार रोकेपछि फर्किएको बलमा रोबर्टो फिर्मिनोले गोल गर्न सफल भए । ६४ औं मिनेटमा डिओगो जोटाले मानेकै क्रसलाई हेडरमार्फत गोलमा परिणत गरेपछि लिभरपुलले अग्रता लिएको हो ।

जोटाले गोल गर्नुभन्दा दुई मिनेटअघि ट्रेन्ट एलेक्जेन्डर आर्नोल्डको क्रसमा मोहमद सलाहको गोल भीएआरले अफसाइड भन्दै मान्यता दिएन । सलाहले नै खलेको अन्त्यतिर गरेको प्रहार पोस्टमा लगेर फर्किएको थियो ।
लिभरपुलले अब च्याम्पियन्स लिगको दोस्रो खेलमा मंगलबार एफसी मिट्जील्यान्डसँग खेल्नेछ । प्रिमियर लिगम भने अर्को शनिबार वेस्ट ह्यामले एनफिल्डमा खेल्दैछ । सेफिल्डले अबको दुई साता म्यानचेस्टर सिटी र चेल्सीको सामना गर्नेछ ।
जितसँगै लिभरपुल १३ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ भने जितविहिन सेफिल्ड १ अंकसाथ १९ औं स्थानमा छ ।
December 21, 2025
एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]
December 21, 2025
एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]
December 21, 2025
एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]